- दिपेन्द्र बि.सी .
बिरगंज, १८ माघ
बिरगंजको St. John's Secondary School को ३१ औं तथा South Zone Secondary School को १६ औं वार्षिकोत्सवको अवसरमा विशेष कार्यक्रमको आयोजना गरिएको छ। उक्त कार्यक्रममा बिरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह सहभागी हुनुका साथै विशेष सम्बोधन गर्नुभएको छ।
समारोहमा मेयर सिंहले विद्यालय शिक्षाको महत्व र विद्यार्थीको उज्ज्वल भविष्यका लागि गुणस्तरीय शिक्षाको आवश्यकतामाथि प्रकाश पार्नुभएको थियो। साथै, महानगरपालिकाले शैक्षिक पूर्वाधार सुधार, डिजिटल शिक्षण विधि तथा छात्रवृत्ति कार्यक्रमलाई प्राथमिकता दिने बताउनुभयो।
कार्यक्रममा विद्यालयका विद्यार्थीहरूले साँस्कृतिक नृत्य, गीत, नाटक लगायतका विभिन्न प्रस्तुति दिएका थिए। अभिभावक, शिक्षक, विद्यालय व्यवस्थापन समिति, स्थानीय जनप्रतिनिधि तथा शिक्षाप्रेमीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
विद्यालयका प्रिन्सिपलहरू एवं व्यवस्थापन समितिका अध्यक्षहरूले विद्यालयको उपलब्धि, भावी योजनाहरू तथा विद्यार्थीहरूको शैक्षिक प्रगतिको विषयमा प्रकाश पार्दै, नगरपालिकासँग सहकार्य गर्दै शिक्षालाई अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया