वीरगंज, २१ असोज । चेक बाउन्स मुद्दामा स्वीटमार्ट इण्डस्ट्रिजका सञ्चालक निरन्जन अग्रवाललाई पक्राउ पूर्जी जारी गरिएको छ ।
असोज १४ गते स्वीट मार्ट फूड प्रालिका सञ्चालक शंकर मित्तलले आफ्ना पूर्वलेखापाल विनोद कुमार पटेल र स्वीटमार्ट फूड इण्डस्ट्रिजका सञ्चालक निरन्जन कुमार अग्रवालविरुद्ध एक करोड २२ लाख ६६ हजार १२० रुपैयाँको फर्जी चेक तयार गरी ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ लिन खोजेको आरोपमा जिल्ला प्रहरी कार्यालय, पर्सामा जाहेरी दर्ता गराएका थिए ।
आदर्शनगर प्रहरी चौकीले अग्रवाल र पटेललाई असोज २१ गते कार्यालयमा उपस्थित हुन पत्राचार गरेकोमा लेखापाल पटेल आज उपस्थित भए पनि अग्रवाल उपस्थित भएनन् ।
त्यसपछि प्रहरीले अग्रवालविरुद्ध पक्राउ पूर्जी जारी गरेको जनाएको छ । चेक बाउन्स सम्बन्धी मुद्दाबारे अनुसन्धान गर्न पर्सा प्रहरीले अग्रवाललाई सात दिन उपस्थित हुन पत्राचार गरेपनि अग्रवालले ठाडै प्रशासनलाई चुनौती दिंदै अटेर गरेपछि प्रहरीले पक्राउ पूर्जी जारी गरेको जनाएको छ ।
घटनाको विवरण
करीब वि.सं. २०५० सालताका भारतबाट नेपालमा छिरेका निरन्जन अग्रवाल वीरगंज आदर्श किराना पसलमा व्यापारी, व्यवसायीहरुलाई पानी खुवाउने तथा सरसफाइको काम गर्दथे । तर आजको दिनसम्म आइपुग्दा निरन्जन अग्रवाल अवैध रुपमा करोडौं धन आर्जन गरेका छन् ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका अनुसार निरन्जनले ५१ करोड रुपैयाँभन्दा बढीको सम्पत्ति अवैध रुपमा आर्जन गरेको र सोसम्बन्धी मुद्दामा पर्सा जिल्ला अदालतले उनलाई थुनामा पठाउने आदेश पनि दिएको थियो ।
विवादास्पद व्यापारी नटवरलाल निरन्जन कुमार अग्रवाललाई २०८२ असोज ३१ गते पूर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको थियो । अदालतको आदेशपछि निरन्जन अग्रवाललाई वीरगंज कारागार चलान गरिएको छ ।
भौलेश्वर कुमार सिंह राजपूतको निवेदनमा दायर गरिएको सम्पत्ति शुद्धीकरण मुद्दा नं. ०८२–८१–०२०९ मा अदालतले अग्रवालविरुद्ध थुनामा राख्ने आदेश दिएको थियो । अदालतले मुलुकी फौज्दारी कार्यविधि संहिता २०४७ को दफा ६७ र सम्पत्ति शुद्धीकरण निवारण ऐनको दफा ८० बमोजिम अग्रवाललाई कारागार थुनामा राख्ने आदेश दिएको बताइन्छ ।
स्रोतका अनुसार थुनामुक्त भएका अग्रवालल पुनः झूटो तथा किर्ते कागजात पेश गरी नेपाली नागरिकता लिएको आरोपमा प्रशासन कार्यालय तानिएका छन् । अग्रवाल पछिल्लो समय पुनः विवादमा देखापरेका छन् ।
स्वीट मार्ट फूड प्रालिका सञ्चालक शंकर मित्तलले आफ्ना पूर्वलेखापाल विनोद कुमार पटेल र स्वीटमार्ट फूड इण्डस्ट्रिजका सञ्चालक निरन्जन कुमार अग्रवालविरुद्ध एक करोड २२ लाख ६६ हजार १२० रुपैयाँको फर्जी चेक तयार गरी ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ लिन खोजेको आरोपमा जिल्ला प्रहरी कार्यालय, पर्सामा असोज १४ गते जाहेरी दर्ता गराएका छन् ।
शंकर मित्तलले स्वीटमार्ट फूड प्रालिको खाताबाट जारी भएको हस्ताक्षरयुक्त पुरानो चेकबुक तथा खाली चेकबूकको आडमा पूर्व लेखापाल विनोद पटेल र अग्रवाल मिलेर करोडौंको ठगी गरेको आरोप लगाए । उनले मेरो मान मर्यादामाथि ठूलो विश्वासघात गरिएको बताए ।
मित्तलले निरन्जन अग्रवालसंग कैयौं वर्षदेखि न मेरो कुनै व्यापार छ, न कुनै सम्पर्क छ । त्यस्तो विवादित व्यक्तिसंग मिलोमतोमा आफूलाई ठूलो आर्थिक क्षति पु¥याउने उद्देश्यले उक्त कार्य गरेको भन्दै मित्तलले कानुनमाथि विश्वास गरेर घटनाको गम्भीर अनुसन्धान भएमा दूधको दूध र पानीको पानी हुनेहुन्छ । मेरो कानून र प्रशासनप्रति ठूलो विश्वास रहेको छ ।


प्रतिक्रिया