वीरगंज, १५ पुस ।
राष्ट्रिय नागरिक संघर्ष समिति पर्सा वीरगंजले आज प्रेस विज्ञप्ति जारी गरी सार्वभौमसत्ता सम्पन्न नेपाली जनताको नाममा चोरबाटोबाट आयातित वर्तमान व्यवस्थाले आम सर्वसाधारण नेपालीको हत्या, भ्रष्टाचार, सार्वभौम नेपालीहरू लाई शरणार्थी बनाउने, युवाहरूलाई विदेशमा बेच्ने गतिबिधिबाट हेर्दा सरकारको यहि लक्ष्य र उद्देश्य नै हो कि भन्ने कुराको पुष्टि भएको जनाएको छ ।
समितिका संयोजक उपेन्द्र कुमार यादवले जारी गरेको विज्ञप्तिमा देश भित्र रहेका विभिन्न उद्योगहरू मिलोमतोमा बेची रोजगारीका अवसरहरूलाई पूर्णरूपमा बन्द गरी विदेशी रोजगारको नाममा नेपाली युवा युवतीहरूको बेच्ने क्रमको एउटा गन्तव्य कोरिया रोजगारको लागी भएको परीक्षाको बहाना गर्दै, युवाहरूको जमात बोलाई सरकारको लापरवाहीका कारण २०८० पौष १३ गतेको बालकुमारी जुन घटना घट्यो जस्मा नेपाल आमाका सपुत २ छोराहरू अछामका २१ वर्षीय विरेन्द्र शाह र दैलेखका २३ वर्षीय सुजन रावत हत्याको घोर भत्र्सना गरेका छन् ।
विज्ञप्तिमा मृतक युवाभाईहरू विरेन्द्र शाह र सुजन रावतप्रति हार्दिक समवेदना व्यक्त गर्दछौ र शोक सन्तप्त परिवारजनलाई धैर्यधारण गर्ने क्षमता प्रदान होस् । मृतकका परीवारजनलाई न्याय र उचित क्षतीपुर्तीका लागि सम्पुर्ण नेपाली जनताहरूमा दबाव सृजना गर्नका लागि आह्वान गरिएको उल्लेख छ ।

प्रतिक्रिया