Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=blogging$count=7$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

 ब्रह्मास्त्र दैनिक इपेपर पिडिएफमा पढ्नुहोस

आलु र प्याजमा भ्याट लगाउने सरकारी निर्णय फिर्ता लिन व्यपारीहरुकाे माग

SHARE: 520

काठमाडौं,२९जेष्ठ : नेपालमा आलु र प्याजको कारोबार गर्ने व्यवसायीहरुले अर्थमन्त्री प्रकाशशरण महतले आलु र प्याजमा भ्याट लगाएर आत्मघाती कदम चालेको आरोप लगाएका छन् ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपाल कृषिउपज आलु प्याज आयात निर्यात थोक बिक्री संघले आलु र प्याजमा भ्याट लगाउने अर्थमन्त्री डा. महतको घोषणा मुलुक, उपभोक्ता र सयौं व्यवसायीको विरुद्ध भएको जनाएको हो ।

बजेटले व्यवसायमा परेको असरबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष मोहन बानियाँले भने, ‘आयातको विवरणको अंक मात्रै हेरेर विना अध्ययन गरिएको भ्याटको व्यवस्था अर्थमन्त्रीको आत्मघाती निर्णय हो । यस्तो व्यवस्थाले व्यवसायीले आलु प्याज आयात गर्न नसक्ने, उपभोक्ताले बजारमा खरिद गर्न नसक्ने अवस्था सृजना भएको छ ।’

अध्यक्ष बानियाँले थपे, ‘सरकारको नीतिपछि व्यवसाय बचाउन हामी हारगुहार गरिरहेका छौं । आलु प्याज आयात गर्न र भन्सार नाकामा आएको वस्तु भन्सार पास गर्न सकेका छैनौं ।’

आलु प्याज व्यवसायमा परम्परागत रुपमा व्यक्तिगत लेखा नम्बरमा आधारित भएर कारोबार गरिरहेकाेमा एकाएक आएको भ्याटको प्रावधानले आयातमा समस्या सृजना भएको बानियाँको भनाइ छ ।

आलु र प्याज जस्तो हरेक पटकको खरिदमा १५ प्रतिशत नास हुने वस्तुमा अध्ययन विनै भ्याट लगाइँदा व्यवसायी पलायन हुने र यसले अनौपचारिक व्यवसाय गर्नेलाई प्रोत्साहन मिल्ने बानियाँको दाबी छ । ‘सरकारलाई वार्षिक करोडौं राजश्व तिर्नेलाई व्यवसायबाट हात धुने बनाएर सरकारको राजश्व बढ्छ की घट्छ ?’ उनले प्रश्न गरे, ‘यो गलत भइरहेको छ । उपभोक्ताबाट सरकारलाई भ्याट उठाउन समेत नसक्ने अवस्था हामीले बताए पछि उहाँहरुले बुझ्नु पर्दैन समस्या कहाँ छ ? अध्ययन गर्नु पर्दैन ?’ ।अध्यक्ष बानियाँले आलु र प्याजमा भ्याट लगाउने निर्णयबाट निसर्त पछाडि फर्कन अर्थमन्त्रीलाई आग्रह गरे ।

कार्यक्रममा बोल्दै संघका महासचिव प्रकाश गजुरेलले सरकारले दैनिक उपभोग्य वस्तु आलु प्याजमा अनावश्यक बखेडा झिकेर बजार बिगारेको आरोप लगाए ।

नियमित र व्यवस्थित कारोबार गरिरहेका व्यवसायीलाई हतोत्साहित बनाएर अनौपचारिक कारोबारलाई राज्यले प्रोत्साहन गरेको उनको आरोप छ । ‘हामी सयौंको संख्यामा रहेका स्थायी व्यवसायीलाई पेलेर आलु प्याज आयात गर्न नसक्ने अवस्थामा पुर्याइयो, हामीले व्यापारमा क्षति देखेपछि आयात गर्न नसकेकै हो,’ गजुरेलले भने, ‘अहिले बजारमा मूल्य कहाँबाट कहाँ पुग्यो, उपभोक्ता मारमा परे यसको जिम्मेवारी सरकारले लिनुपर्छ ।’

बजारमा आलु प्याज अभावमा आफूहरुलाई दोष थोपरिएको भन्दै उनले त्यसको खण्डन पनि गरे । ‘हामीले नियमित गरिरहेको काममा सरकारले भाँजो हाल्यो । लौन यसो नगरम् भन्दै व्यवसाय बचाउन हिँड्नुपरेको छ । अहिले बजारमा भएको अराजकताको जिम्मा सरकारले लिनुपर्छ ।’

संघका उपाध्यक्ष दीपेन्द्र श्रेष्ठले दिन प्रतिदिन आलु प्याजको बजार बिग्रिरहेको भन्दै थप संकट रोक्न सरकारसँग माग गरे ।साभार:अनलाइनखबर

The post आलु र प्याजमा भ्याट लगाउने सरकारी निर्णय फिर्ता लिन व्यपारीहरुकाे माग appeared first on Madhes Khabar.


प्रतिक्रिया

neelambads

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

article,1,business,1,editorial,1,entertainment,1,feature,1,international,1,main news,3,news,1761,
ltr
item
Brahmastra Daily: आलु र प्याजमा भ्याट लगाउने सरकारी निर्णय फिर्ता लिन व्यपारीहरुकाे माग
आलु र प्याजमा भ्याट लगाउने सरकारी निर्णय फिर्ता लिन व्यपारीहरुकाे माग
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2023/06/IMG_20230612_123320.jpg?resize=943%2C529&ssl=1
Brahmastra Daily
https://www.brahmastradaily.com.np/2023/06/blog-post_26.html
https://www.brahmastradaily.com.np/
https://www.brahmastradaily.com.np/
https://www.brahmastradaily.com.np/2023/06/blog-post_26.html
true
2276515284180400481
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content