वीरगंज, ३ वैशाख । पर्साको सखुवाप्रसौनी गाउँपालिका–५ को उत्तरी भेग कोइलाभार बिन्दवासिनी साझेदारी वनसँग जोडिएको सिधपुर, सखुवनिया, सियरहीलगायतका गाउँमा बाघले घुस्याहा कुकुरको शिकार गर्न थालेपछि स्थानीय त्रसित भएका छन् । स्थानीयवासी लीला विकको घरपालुवा कुकुरलाई बाघले खाइदिएको बताए । उनका अनुसार दैनिकजसो बाघले भुस्याहा र पालुवा कुकुरलाई लगिरहेको बताए । हालसम्म मानव क्षति नभए पनि बाघको त्रास निकै देखिएको वडाध्यक्ष वासुदेव महतो थारूले बताए । बाघको डरले स्थानीय किसान मकै खेतमा पस्नसमेत छाडेका छन् ।
साझेदारी वनमा विगतमा बाघ नरहेकोमा हाल यस भेगमा देखा परेको बाघ निकुञ्जबाट आएको हुन सक्ने वडाध्यक्ष थारू बताउँछन । निकुञ्जमा हाल ४० बढी बाघ छन । वडाध्यक्ष थारूले बाघको आतंकवारे डिभिजन वन कार्यालय पर्सालाई जानकारी गराएको बताए ।

प्रतिक्रिया