मधेसखबर
वीरगन्ज,२८माघ :प्रदेश स्तरीय दृष्टिविहीन क्रिकेट प्रतियोगिताको उपाधी मधेस प्रदेशको मधेस प्रदेश नेत्रहिन क्रिकेट संघले जितेको छ ।वीरगन्जमा आयोजित प्रतियोगिताको शनिबार भएको फाइनल खेलमा गण्डकी प्रदेशको गोरखा नेत्रहिन क्रिकेट संघलाई ९ विकेटको फराकिलो अन्तरले पराजित गर्दै मधेस प्रदेशले उपाधी जितेको हो ।
वीरगन्जको नारायणी रंगशालाको क्रिकेट मैदानमा भएको फाइनल खेलमा ७८ रनको लक्ष्य मधेस प्रदेश नेत्रहिन क्रिकेट संघले ९.४ ओभर खेल्दै केवल १ विकेटको क्षतिमा पुरा गर्दै उपाधी जितेको हो ।त्यसअघि टस होर पहिले व्याटिङ गरेको गण्डकी प्रदेशको गोरखा नेत्रहिन क्रिकेट संघले १८.३ ओभरमा अलआउट हुदै ७७ रन मात्र बनाएको थियो ।
प्रतियोगिताको म्यान अफ दी सिरिज मधेस प्रदेशका नवीन तमाङ घोषित भए ।उपाधीसंगै मधेस प्रदेशको मधेस प्रदेश नेत्रहिन क्रिकेट संघले नगद ३० हजार रुपैया र ट्रफी हात पारेको छ । उपविजेता गण्डकी प्रदेशको गोरखा नेत्रहिन क्रिकेट संघले भने नगद १५हजार रुपैयामै चित्त बुझाउनु परेको छ ।
प्रतियोगिताको समापन समारोहमा विजेता र उपविजेता टिमलाई वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह , पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेल र वीरगन्ज स्थित भारतीय महावाणिज्य दूतावासका वाणिज्यदूत शैलेन्द्र कुमार नगद पुरस्कार र ट्रफी प्रदान गरे ।
नेपाल नेत्रहीन क्रिकेट संघ र मधेस प्रदेश नेत्रहीन क्रिकेट संघको संयुक्त आयोजनामा बुधबार देखि शुरु भएको प्रतियोगितामा चार प्रदेशका टिमले भाग लिएका थिए । प्रतियोगितामा सात वटै प्रदेशलाई आमन्त्रण गरिएपनि प्रदेश १ , मधेस प्रदेश , बागमती प्रदेश र गण्डकी प्रदेश गरि ४ प्रदेशले मात्र भाग लिएको नेपाल नेत्रहीन क्रिकेट संघका कोषाध्यक्ष उपेन्द्र श्रेष्ठले जानकारी दिए ।\
प्रतियोगितामा ४ वटै प्रदेशका गरि १६ महिला सहित ६० जना दृष्टिविहिन खेलाडीले भाग लिएको श्रेष्ठले । दृष्टिविहीन खेलाडीहरुको प्रतिभा उजागर गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको प्रतियोगिताका संयोजक महेश साहले बताए ।
The post वीरगन्जमा आयोजित दृष्टिविहीन क्रिकेट प्रतियोगिताको उपाधी मधेस प्रदेशलाई appeared first on Madhes Khabar.
प्रतिक्रिया