मधेसखबर
वीरगन्ज,३०पुसः वीरगन्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलमले मुलुकको विकास र समृद्धिका लागि युवा उद्यमशीलताको आवश्यकता रहेको बताएका छन् ।
वीरगन्जमा इन्प्रोभींग वीरगन्जले आयोजना गरेको रन फर च्यारिटि दौड प्रतियोगिताको शुभारम्भ गर्दै उपमेयर आलमले युवालाइर्य सिर्जनशील र उद्यमशील बनाउन सरकारले लगानी बढाउनुपर्नेमा जोड दिए । उनले वीरगन्ज महानगरले पनि त्यस्ता कार्यक्रम ल्याउने पनि बताए । युवा वर्गको समग्र हित र अधिकारको विषयलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिँदै उनले युवाहरुमा रहेको क्षमताको उजागर गरी दिगो विकास लक्ष्य हासिल गर्न सकिने बताए ।
उपमेयर आलमकै प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक विशाल मल्ल, वीरगन्ज महानगरपालिकाको कार्यपालिका सदस्य कोनिका कौशीक,युवा अभियन्ता दिलिपराज कार्की लगायतको पनि सहभागीता रहेको थियो ।
The post विकास र समृद्धिका लागि युवा उद्यमशीलताको आवश्यकता– उपमेयर आलम appeared first on Madhes Khabar.
प्रतिक्रिया