मधेसखबर
वीरगन्ज ,१० पुस:लायन्स क्लब अफ वीरगन्ज सहयोगीको आयोजनामा आइतबार निःशूल्क मधुमेह परीक्षण शिविर सम्पन्न भएको छ । वीरगन्जको माइस्थानस्थित गहवा मन्दिर अगाडीको पार्कमा शिविर सम्पन्न भएको हो ।
क्लबका अध्यक्ष दिलपाल साहको अध्यक्षतामा भएको शिविरबाट १ सय जनाभन्दा धेरै लाभान्वित भएको क्लबका प्रथम उपाध्यक्ष पशुपति भट्टले जानकारी दिए ।
शिविरमा १७ वर्षदेखि ७० वर्ष उमेर समूहकाले निःशूल्क रुपमा मधुमेह परीक्षण गराएका थिए । पुषको बढ्दै गरेको चिसो र शितलहरका बाब्जुद पनि शिविरमा परीक्षणका लागि उल्लेख्य उपस्थिती रहेको थियो ।
शिविरमा क्लबका सचिव एवं कन्सलटेन्ट फिजिसियन डा. अजय कुमार गुप्ता, सहसचिव एवं कन्सलटेन्ट फिजिसियन डा. प्रवेज आलम अन्सारी र कन्सलटेन्ट इन्डोक्रिनोलोजिष्ट डा. राजीव यादवले सहभागीहरुलाई परामर्शसँगै स्वास्थ्यमा ध्यान दिनुपर्ने बारे सुझाव दिएका दिए ।
शिविरमा डा. अजरा खातुनल, डा. निर्माया नेपाली, डा. एलिना साह, डा. सुमित चौधरी, डा. सुन्दर भण्डारी, डा. अमृत थापा, डा. रञ्जिता मण्डल र डा. चाँदनी शाहले तौल, रक्तचापसँगै मधुमेह परीक्षण गरेका थिए ।
यसअघि विश्व मधुमेह दिवसको अवसरमा पनि त्यही ठाउँमा क्लबले मधुमेह परीक्षणको शिविर आयोजना गरेको थियो । उक्त शिविर भब्य रुपमा सफल भएसँगै दोस्रो पटक पनि शिविरलाई निरन्तरता दिइएको क्लबका द्वितिय उपाध्यक्ष अमरकान्त झाले बताए । आगामी दिनमा अरु पनि सामाजिक कार्यमा अग्रसर रहनुका साथै स्वास्थ्य क्षेत्रलाई पनि प्राथमिकतामा राखेर क्लबले काम गर्ने झाको भनाई छ ।
शिविरमा वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले पनि सहभागी भएर सामाजिक कार्यमा सरीक हुन प्रोत्साहन गरेका थिए । सामाजिक कार्यमा महानगरले पनि साथ दिने विश्वास दिलाउँदै उनले गरिब, विपन्न एवम् न्युन आर्थिक अवस्थाका परिवारको स्वास्थ्यमा टेवा पुग्ने खालका कार्यक्रम क्लबहरुले गरेकोमा खुशी व्यक्त गरे ।
The post वीरगन्जमा आयाेजित निःशूल्क शिविरमा १ सय भन्दा बढिकाे मधुमेह परिक्षण appeared first on Madhes Khabar.
प्रतिक्रिया