मधेसखबर
वीरगन्ज,२१ असोज : पहिलो एकदिवसीय क्रिकेटमा दक्षिण अफ्रिकाले घरेलु टोली भारतलाइ हराएको छ । उत्तरप्रदेशको लखनउमा बिहीबार राति भएको खेलमा भारत दक्षिण अफ्रिकासंग ९ रनले पराजित भएको हो । उक्त खेल वर्षाको कारण ४० ओभरमा झारिएको थियो ।
जितसँगै तीन खेलको श्रृंखलामा दक्षिण अफ्रिकाले १–० को अग्रता बनाएको छ ।दक्षिण अफ्रिकाले दिएको २ सय ५० रनको लक्ष्य पछ्याएको भारतले ४० ओभरमा ८ विकेट गुमाएर २ सय ४० रन मात्रै बनाउन सक्यो ।
भारतका लागि सन्जु सामसन र श्रेयस आयरले अर्धशतकीय पारी खेलेपनि टोलीलाई जिताउन सकेनन् । सामसनले अविजित ८६ रन तथा श्रेयसले ५० रनको अर्धशतकिय पारी खेले ।
त्यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ४० ओभरमा ४ विकेट गुमाएर २ सय ४९ रन बनाएको थियो ।दक्षिण अफ्रिकाका डेभिड मिलरले अविजित ७५ रन तथा हेन्रिच क्लासेनले अविजित ७४ रनको अर्धशतकिय पारी खेले । त्यस्तै क्विन्टन डी ककले ४८ रन जोडे ।
भारतका सार्दुल ठाकुरले २ विकेट लिए । भारत र दक्षिण अफ्रिकाबीचको दोस्रो एकदिवसीय आइतवार तथा अन्तिम खेल मंगलवार हुनेछ । यसअघि भएको टी–२० श्रृंखला भारतले २–१ ले जितेको थियो ।
The post पहिलो वान डे क्रिकेटमा भारत, दक्षिण अफ्रिकासँग ९ रनले पराजित appeared first on Madhes Khabar.
प्रतिक्रिया