Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=blogging$count=7$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

 ब्रह्मास्त्र दैनिक इपेपर पिडिएफमा पढ्नुहोस

केही सहकारी संस्था भागेको हल्लाको प्रभाव वीरगञ्जको सहकारीमा पनि

SHARE: 520

मधेसखबर
असोज २ , वीरगञ्ज
वीरगञ्जमा बचतकर्ताहरु सहकारी संस्थामा आफुले जम्मा गरेको रकम झिक्न धाउन थालेका छन् । काठमाडौँ लगायत केही जिल्लाहरुमा रहेका सहकारी संस्था मध्ये कतिपय भागेका र कतिपय सहकारीले बचतकर्ताको रकम हिनामिना गरेको समाचार बाहिरीन थालेपछि वीरगञ्जमा पनि आ आफ्नो बचत झिक्न आउनेको संख्या बढ्न थालेको छ ।

यसरी बचतकर्ताहरुको पैसा जथाभावी लगानी गरेर केही सहकारी संस्थाले डुबाएपछि पैसा झिक्न आउन खोज्ने बढ्दै गएको बताईन्छ ।

एक सहकारी संस्थामा विगत पाँच वर्षदेखी रकम बचत गर्दै आएकी सोशिला देवीले बेला बेला सहकारी संस्था भागेको , आर्थिक समस्या थपिएका जस्ता समाचार सुन्नमा आउन थालेपछि आफ्नो पैसा झिक्न आएको बताईन् ।
उनले भनिन् , आफुले यहाँ र आफ्नो छोराले विदेशमा पसिना बगाएर , मेहनत मजदुरी गरेर पछि काम लाग्छ की भनेर थोरबहुत पैसा सहकारीमा जम्मा गर्दै आएको छु । यसअघि पनि वीरगञ्जका कतिपय संहकारीले हामी जस्ता सोझा साझालाई ठगेर भागे तर पैसा जतिपनि सजिलै जम्मा गर्न सकिने भएकोले फेरी यस्ता संस्थामै आईपुग्छौँ हामी । अब मैले पैसा जम्मा गर्दै आएको सहकारीले पनि त्यस्तो गर्छ की भन्ने डर त सधै लागिरहन्छ तर पनि विश्वास गरेर बचत गर्दै आएको छु । अहिले फेरी सहकारी भागेको हल्लाले चिन्ता लागेर पैसा झिक्न आएको हुँ ।

सहकारी संस्था भाग्ने क्रम फेरी बढेको भन्ने हल्ला फैलिएपछि आफुले रकम बचत गर्ने सहकारी संस्था भाग्यो की छ भन्ने हेर्न आउनेको संख्या पनि उत्तिकै बढेको देखीन्छ ।

यसरी बचतकर्ताहरुमा पैसा झिक्ने संख्या बढ्न थालेपछि सहकारीहरु दबाबमा परेका छन् । केही सहकारीका कारण अधिकांश सहकारीलाई शंकाको नजरले हेर्ने बचतकर्ताको संख्या बढेको भगवती बचत तथा रिण सहकारी संस्थाका राम निवास यादव बताउँछन् । तर, आफ्नो सहकारी संस्था स्थानीय बचतकर्ताहरुको विश्वासमा संचालनमा रहेकोले हालसम्म समस्या भने नरहेको उनी दाबी गर्छन्।

उनी भन्छन् , यहीका स्थानीय स्तरका व्यतिmले स्थानीय स्तरमा संचालन गरेका सहकारीमा त्यती भीडभाड देखीएको छैन जति बाहिरबाट बाहिरका व्यतिmले संचालन गरेको सहकारीमा भीडभाड बढेको छ । हाम्रोमा समस्या छैन। हामीले स्थानीयस्तरमा सहकारी संचालन गरिरहेका छौं। हामीले स्थानीयवासी होस् वा बजार सबैको विश्वासमा संचालन गरीरहेका छौँ तर विश्वासिलो संस्थामा पनि एकैपटक धेरै संख्यामा पैसा झिक्न आउने भएपछि समस्या पर्न सक्छ । तर नियममा बसेर काम नगर्ने केही सहकारीका कारण हामी जस्ता सहकारीलाई पनि समस्या पर्दै आएको छ ’

सहकारी संस्थासंग सम्बन्धित भइरहेका घटनाबारे सुनेर सहकारीमा पैसा झिक्न आउनु स्वभाविक नै रहेको जिल्ला बचत तथा सहकारी संघका पर्सा अध्यक्ष राजेश पंडीत बताउँछन् । उनले व्यवस्थित रुपमा चलेका संघमा आबद्ध भएका सहकारी संस्थाहरुमा खासै समस्या नभएको तर संघका आबद्ध नभई आफ्नो तरीकाले जसरी पनि संचालनमा ल्याएका सहकारी संस्थाहरुमा समस्या सिर्जना भएको बताए ।

 

उनले भने , सहकारी संस्थालाई चलायमान बनाउन र सुशासन कायम गराउन विभिन्न तालिम , जानकारी लगायतका कार्यहरु गर्दै आएकोले धेरै जसो सहकारीमा समस्या हुन नपर्ने हो । अब अर्को कुरा भन्नुपर्दा एकैपटक जम्मा गरेको सबै रकम एकैपटक झिक्न खोज्दा राम्रोे चलायमान सहकारीलाई पनि समस्या पर्न सक्ने अवस्था छ । रकम जम्मा गरेपछि रकम झिक्न आउनु समस्याको कुरा होईन । किनकी सहकारीमा पैसाकै कारोबार गर्ने कार्य नै हुन्छ । तर रकम झिक्न आउनु र सबै बचत रकम एकैपटक झिक्न खोजेपनि २५ हजार रुपैया भन्दा कुल रकम जति बढी जम्मा गरेपनि २५ हजार रुपैया मात्रै झिक्न पाउने नियम रहेको छ । ,

अध्यक्ष पंडीतले राम्रो सहकारीमा पनि हाल पैसा झिक्न समस्या ऐनमा उल्लेख भए अनुसार सहकारी दर्ता गर्नु गाहे नभएको तर स्थानीय सरकार र जिल्ला संघले विशेष रुपमा अनुगमन गर्न आवश्यक रहेको बताए ।

नियमन गर्ने निकायले ध्यान नदिएको कारण सहकारी संस्थाहरुले बचतकर्ताको कचत रकम जथाभावी रुपमा दुरुपयोग गर्ने क्रम बढ्दै गएको बताउँदै एक पिडित बचतकर्ता नगवाका हरेन्द्र प्रसादले पहिला पनि केही वर्ष अगाडी बीरगञ्जमा यस्ता कतिपय सहकारी संस्था भागेको र धेरै बचतकर्ताको पैसा डुबेकोको कारण हालसम्म पनि मानसिक तनाव खेप्नुपरेको गुनासो गरे ।

एकातिर राम्रा सहकारी संस्थामै समस्या देखीन थालेको तथा मागे अनुसार रकम वचतकर्तालाई दिन नसक्ने अवस्थाका कारण सहकारीमाथि नै अविश्वास बढेको देखीएको जानकारहरु बताउँछन् ।

तरलता अभावसँगै पछिल्लो समयमा सहकारीमा भद्रगोल स्थिति आएको विश्लेषकहरु बताउँछन् ।

नेपालमा सञ्चालन अनुमति लिएका तीस हजार सहकारी संस्थाहरू छन् । सहकारी विभागमा पछिल्ला समय सहकारीले बचत रकम नदिएको भन्दै सयौँ उजुरी परेको जनाईएको छ ।

सहकारी विभागले त्यस्ता सहकारीलाई कारबाही प्रक्रिया अघि पनि बढाएको जनाएको छ।तर सहकारी संस्था अनुगमन गर्ने दात्वि संघ, प्रदेश र स्थानीय सरकारमा भएपनि अनुगमन फितलो भएको कारण यस्ता समस्या झन् बढ्दै गएकोले यसतर्फ ध्यान दिन आवश्यक रहेको जानकारहरु बताउँछन् ।

अध्यक्ष पंडीतका अनुसार नेपालमा २० किसिमका सहकारी संस्था रहेका छन् । त्यसमध्ये पर्सामा भने ६ किसिमका सहकारी संस्था संचालित छन् । पर्सामा ७ सय २१ वटा सहकारी संस्था दर्ता भएकोमा २ सय १६ वटा हालसम्म खारेज भईसकेको , ३५ वटा सहकारी संस्था निश्क्रिय भएको र ४ सय ७० वटा सहकारी संस्था हाल संचालनमा रहेका छन् ।

The post केही सहकारी संस्था भागेको हल्लाको प्रभाव वीरगञ्जको सहकारीमा पनि appeared first on Madhes Khabar.


प्रतिक्रिया

neelambads

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

article,1,business,1,editorial,1,entertainment,1,feature,1,international,1,main news,3,news,1761,
ltr
item
Brahmastra Daily: केही सहकारी संस्था भागेको हल्लाको प्रभाव वीरगञ्जको सहकारीमा पनि
केही सहकारी संस्था भागेको हल्लाको प्रभाव वीरगञ्जको सहकारीमा पनि
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2022/09/thumb.jpg?resize=900%2C599&ssl=1
Brahmastra Daily
https://www.brahmastradaily.com.np/2022/09/blog-post_44.html
https://www.brahmastradaily.com.np/
https://www.brahmastradaily.com.np/
https://www.brahmastradaily.com.np/2022/09/blog-post_44.html
true
2276515284180400481
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content