मधेसखबर
वीगन्ज,१३ असोज : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीले निर्वाचन आयोगमा बुझाएको समानुपातिक तर्फको बन्द सूची हेरफेर हुने बताएका छन् ।
काठमाडौं क्षेत्र नम्बर ४ मा बिहीबार आयोजित पार्टीको कार्यक्रममा बोल्दै महामन्त्री थापाले काँग्रेसले बुझाएको समानुपातिक तर्फको बन्द सूची हेरफेर हुने बताएका हुन् ।
गत असोज ३ गते काँग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूची आफना समहु प्रति विभेद गरिएको भन्दै नेता डाक्टर शेखर कोइराला पक्षले असन्तुष्टि जनाउदै आएको छ । महामन्त्री थापाले असन्तुष्टि सम्बोधन हुने गरी सूची परिमार्जन हुने बताए ।
माग सम्बोधन हुने गरी नयाँ सूची तय हुने थापाले आश्वासन दिएको कार्यक्रममा सहभागी एक नेताले बताए । उनका अनुसार गठबन्धनका दलहरु बीच क्षेत्रको तालमेल तथा सिट संख्याबारे भने थापाले बोलेनन् ।
समानुपातिकको बन्दसूचीप्रति असन्तुष्टि जनाउँदै शेखर समुहले बुधबार पार्टी कार्यालयमा धर्ना समेत दिएको थियो ।
The post समानुपातिक तर्फको बन्द सूची हेरफेर हुन्छ : काँग्रेस महामन्त्री थापा appeared first on Madhes Khabar.
प्रतिक्रिया