मधेसखबर
वीरगन्ज, १२ भदौं : जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नागरिकता विधेयक पारित गरेर छाड्ने दाबी गरेका छन् ।
जनता समाजवादी पार्टी नेपाल सप्तरीद्वारा राजविराजमा शनिबार आयोजित कार्यक्रममा अध्यक्ष यादवले हरेक नेपाली नागरिकले नागरिकता पाउनुपर्छ भनेर निरन्तर संघर्षमा रहेको बताए । उनले सरकार र सदनबाट नभए सडक संघर्ष गरेर भएपनि नागरिकता विधेयक पारित गरिने जिकिर गरे ।
उत्पीडित जाति समुदायको अधिकार सुनिश्चितताका लागि निरन्तर संंघर्ष जारी रहेको बताउँदै उनले सदियौंदेखिको उत्पीडित जाति समुदायले समान अधिकार प्राप्त नगरेसम्म देशमा समृद्धि नआउने बताए ।
पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य एवं कृषि तथा पशुपन्छी विकास मन्त्री मृगेन्द्रकुमार सिंह यादवले देशमा चाँडै मलखादको समस्या समाधान हुने आश्वासन दिए ।यादवले पहिचान, प्रतिनिधित्व, समावेशिता र अधिकारका लागि उत्पीडित समुदाय एकताबद्ध हुनुपर्नेमा जोड दिए ।
The post नागरिकता विधेयक पारित गरेर छाड्छौं : उपेन्द्र यादव appeared first on Madhes Khabar.
प्रतिक्रिया