मधेसखबर
वीरगन्ज, २० साउन : जनता समाजवादी पार्टी (जसपा) ले पर्साबाट १० जनालाइ केन्द्रिय समितिमा मनोनित गरेको छ ।वीरगन्जमै असार २९ र ३० गते बसेको जसपाको केन्द्रिय कार्य समितिको बैठकले गरेको निर्णय अनुसार पर्साबाट १० जना केन्द्रिय समितिमा मनोनित भएका हुन् ।
जसपाको केन्द्रिय कार्यकारीणी समिति सदस्यमा पर्साबाट एक जना मात्र मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत मनोनित भएका छन् । यस्तै केन्द्रिय राजनीतिक समिति सदस्यमा पर्साबाट संघीय सरकारका वन तथा वातावरणमन्त्री प्रदीप यादव , पर्सा क्षेत्र नम्बर ३ का सांसद हरिनारायण रौनीयार , मोहनलाल चौधरी र बालकिशोर यादव मनोनित भएका छन् ।
यस्तै केन्द्रिय सदस्यमा पर्साबाट वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह, पोखरीया नगगरपालिकाकाकी पुर्व उपमेयर सलमा खातुन , प्रदेशसभा सदस्य करिमा बेगम , जनार्दन यादव, सिपु तिवारी र फिरोज मन्सुरलाइ जसपाले मनोनित गरेको छ ।
वीरगन्जमा असार २९ र ३० गते बसेको जसपाको केन्द्रिय कार्य समितिको बैठकले गरेको निर्णय शुक्रबार सार्वजनिक गरिएको केन्द्रिय सदस्य जनार्दन यादवले बताए ।
The post पर्साबाट प्रदीप यादव , राजेशमान सिंह सहित १० जना जसपाको केन्द्रिय समितिमा मनोनित appeared first on Madhes Khabar.
प्रतिक्रिया