मधेशखबर
वीरगंज , असाढ २१,२०७९ मधेश प्रदेश अन्तर्गत धनुषा जिल्लाबाट स्रोत नखुलेको करीब ८३ लाख भन्दा बढी रकम सहित दुईजना पक्राउ परेका छन् ।
धनुषाको जनकनन्दनी गाँउपालिका वडा नम्बर ५ उदाह बस्ने ३६ वर्षीय ईश्वर मण्डल र १९ वर्षीय राजेश मण्डललाई उतm रकम सहित पक्राउ गरीएको प्रहरीले जनाएको छ ।
उनीहरुको साथबाट श्रोत नखुलेको ८३ लाख ६४ हजार ५ सय रुपैयाँ सहित उनीहरुलाई नियन्त्तणमा लिईएको सशस्त्र प्रहरी बल नेपाल नं। ८ गणले जनाएको हो ।
मंंगलबार दिउँसो जनकनन्दनी वडा नम्बर १ ईनर्वा चेक प्वाईन्टको सीमा नाकामा आलुको बोराभित्र लुकाएर ल्याउदै गरेको उतm रकम बराम गरीएको प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरी प्रहरी निरीक्षक शम्भु कटुवालको कमाण्डमा खटेको प्रहरी टोलीले भारतबाट ज ७ प ५००७ नम्बरको मोटरसाइकलमा आलुको बोराभित्र लुकाई छिपाई ल्याईरहेको अवस्थामा शंका लागर चेकजाँच गर्दा उतm श्रोत नखुलेको रकम बरामद भएको जनाएको हो ।
श्रोत नखुलेको रकम सहित पक्राउ परेका दुबैजनालाई नगद र मोटरसाइकल सहित जिल्ला भन्सार कार्यालय जनकपुरमा बुझाईएको सशस्त्र प्रहरीले जनाएको छ ।
The post श्रोत नखुलेको ८३ लाख रकम सहित दुई जना पक्राउ appeared first on Madhes Khabar.
प्रतिक्रिया