Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

आजको ब्रह्मास्त्र दैनिक पढ्नुभयो ?

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=blogging$count=7$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

 ब्रह्मास्त्र दैनिक इपेपर पिडिएफमा पढ्नुहोस

काँग्रेसका तीन सर्त माने मात्र आगामी चुनावमा गठबन्धन हुन्छ – शेखर कोइराला

SHARE: 520

मधेसखबर
वीरगन्ज,११ साउन : नेपाली काँग्रेसका नेता डाक्टर शेखर कोइरालाले काँग्रेसका तीन सर्त मात्र अन्य दलसंग आगामी निर्वाचनमा गठबन्धन हुने बताएका छन् ।

वीरगन्जमा बुधबार नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै केन्द्रिय सदस्य कोइरालाले यस्तो बताएका हुन् ।उनले काँग्रेस केन्द्रिय समितिले निर्णय गरेका तीन सर्त गठबन्धनका अन्य दलहरुले मात्र आगामी निर्वाचनमा चुनावी तालमेल हुने बताएका हुन् ।

आर्थिक नीति , परराष्ट्र नीति र काँग्रेसको नेतृत्वमा आगामी ५ वर्ष सम्म स्थायी सरकार यी तीन सर्त माने मात्र आगामी निर्वाचचनमा गठबन्धनका दलहरुसंग चुनावी तालमेल हुने उनले बताए ।उनले भने ,‘ यी विषयमा गठबन्धनका दलहरु बिच छलफल भइरहेको छ , यी तीन सर्त माने मात्र गठबन्धन हुन्छ ।

काँग्रेस सबै भन्दा पुरानो र सबै भन्दा ठूलो दल पनि भएका कारण गठबन्धनका अन्य दलहरुले काँग्रेसको सर्त मान्नु पर्ने उनको जिकिर छ ।यसका साथै काँग्रेसलाइ कम भन्दा कम क्षति हुने गरि मात्र आगामी निर्वाचनमा गठबन्धन हुनु पर्ने धारणा पनि उनले राखे ।

उनले अहिले माओवादी केन्द्रले भने अनुसारको सिट बाँटफाँट गरेर चुनावमा जान नसकिने पनि प्रष्ट पारे ।
कोइरालाले भने ,‘ स्थानीय निर्वाचनमा प्राप्त जनमतका आधारमा मात्र गठबन्धन दलहरु बिच सिटको भागबण्डा हुनु पर्छ ।आगामी संघ र प्रदेशको निर्वाचनमा काँग्रेस नेतृत्वले तेरो मेरो नगरि योग्य उम्मेदवारलाइ टिकट दिए मात्र काँग्रेसको भविष्य उज्वल हुने पनि कोइरालाले बताए ।

काँग्रेस पार्टीमा अहिले पनि गुट उपगुट हाबी रहेको सन्दर्भमा कोइरालाले पार्टीमा गुट उपगुट हुनु स्वभावि नैै भएको बताए ।उनले भने ,‘ पार्टीमा गुटिज्म हुन्छ त्यो स्वभाविक नैै हो ,गुट भनेको विचार हो यसलाइ अन्यथा लिनु हुदैन तर जब अन्य दलसंग प्रतिस्पर्धाको सवाल आउछ त्यस बेला भने सबै गुट एक हुनुपर्छ , त्यो बेला गुट उपगुटमा लाग्नु हुदैन ।

कोइरालाले अहिले कै परामा चले संघीयता धरापमा पर्न सक्ने चेतावनी पनि दिए । अहिलेको संघीयता अधिकार विहिन अवस्थामा रहेको भन्दै उनले भने ,‘संघीयता अहिले राम्ररी कार्यान्वयन हुन सकिरहेको छैन , यदि यसरि नै चलाउने हो भने संघीयता धरापमा पनि पर्न सक्छ , अधिकार विहिन संघीयता धेरै समय चल्न सक्दैन ।

प्रेस युनियन पर्साका अध्यक्ष रामनारायण कुर्मीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा हालै प्रेस युनियनको केन्द्रिय सचिवमा नवनिर्वाचित अशोक तिवारी र सदस्यमा नवनिर्वाचित श्रीराम रायमाझीलाइ कोइरालाले गम्छमा ओढाएर सम्मानित पनि गरे ।

पत्रकार सम्मेलनमा काँग्रेस केन्द्रिय सदस्यहरु सन्जय गौतम , रामकृष्ण यादव , नेताहरु रन्जित कर्ण , अजय द्धिवेदी , राजेन्द्र बहादुर अमात्य , राजकृष्ण अमात्य , वीरेन्द्रलाल नेपाली , क्षेत्रीय सभापति अरविन्द गुप्ता , पूर्व जिल्ला सचिव श्श्याम पटेल , महानगरसभापति मणिन्द्रलाल श्रेष्ठ नेपाली , विजय सर्राफ , बैकुण्ठ श्रीवास्तव,सन्तोष गुप्ता , मनोेहर साह , हरेन्द्र यादव , नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहान लगायतको सहभागीता थियो ।

The post काँग्रेसका तीन सर्त माने मात्र आगामी चुनावमा गठबन्धन हुन्छ – शेखर कोइराला appeared first on Madhes Khabar.


प्रतिक्रिया

neelambads

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

article,1,business,1,editorial,1,entertainment,1,feature,1,international,1,main news,3,news,1761,
ltr
item
Brahmastra Daily: काँग्रेसका तीन सर्त माने मात्र आगामी चुनावमा गठबन्धन हुन्छ – शेखर कोइराला
काँग्रेसका तीन सर्त माने मात्र आगामी चुनावमा गठबन्धन हुन्छ – शेखर कोइराला
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2022/07/shekhar-.jpg?resize=1024%2C729&ssl=1
Brahmastra Daily
https://www.brahmastradaily.com.np/2022/07/blog-post_606.html
https://www.brahmastradaily.com.np/
https://www.brahmastradaily.com.np/
https://www.brahmastradaily.com.np/2022/07/blog-post_606.html
true
2276515284180400481
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content