Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

आजको ब्रह्मास्त्र दैनिक पढ्नुभयो ?

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=blogging$count=7$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

 ब्रह्मास्त्र दैनिक इपेपर पिडिएफमा पढ्नुहोस

वीरगन्जको भेडाहा खोलाको बाँध निर्माणमा उपभोक्ता समिति मालामाल

SHARE: 520

मधेसखबर
वीरगन्ज, १२ साउन : वीरगन्ज महानगरपालिकामा रहेको भेडाहा खोलामा बाढी नियन्त्रणका लागि माटो पुरेर बाँध बनाउने उपभोक्ता समितिलाई महानगरपालिकाको कार्यालयले काम गरेको भन्दा बढी रकम भुक्तानी गरेको पाइएको छ ।

भेडाहा खोलामा हरेक वर्षामा आउने बाढी नियन्त्रणको लागि आर्थिक वर्ष २०७७/०७८ मा माटो पुरेर बाँध निर्माण गर्दा उपभोक्ता समितिलाई महानगरपालिकाले लाखौँ बढी रकम भुक्तानी गरेको पाइएको हो ।

आर्थिक वर्ष २०७७\०७८ मा महानगरपालिकाले माटो पुरेर बाँध निर्माण गर्ने क्रममा दुई वटा उपभोक्ता समिति मार्फत काम गराउँदा २० लाख भन्दा बढी रकम उपभोक्ता समितिलाई भुक्तानी गरेको छ ।

महालेखा परीक्षकको कार्यालयले जारी गरेको २०७९ को वार्षिक प्रतिवेदनमा , नेपाल सरकारद्वारा जारी निर्देशीका अनुसार लागत अनुमान तयार गर्नुपर्ने भएपनि, महानगरपालिकाले आफैँ लागत अनुमान तयार गरेको दर विश्लेषण अनुसार बढी रकम भुक्तानी भएको जनाइएको छ ।

आर्थिक वर्ष २०७७/०७८ मा माटो पुरेर बाँध निर्माणको लागि दिइएको भुक्तानीको गोश्वारा भौचर नम्बर ४१५ मा भेडाहा खोला नदी नियन्त्रण उपभोक्ता समितिलाई ५८ हजार ३ सय ४० दशमलव ५६ घनमिटरको माटो पुर्ने कार्यको लागि ३३ लाख ९३ हजार ९९ रुपैया भुक्तानी गरिएको छ।

महालेखाका अनुसार त्यसमा २० दशमलव ६९ बढी दर घनमिटर भुक्तानी गरिएको छ । उपभोक्ता समितिलाई महानगरले १२ लाख ७ हजार ६६ रुपैयाँ बढी रकम भुक्तानी दिइएको महालेखाले जनाएको छ ।

यस्तै, त्यही आर्थिक वर्षमा अर्को उपभोक्ता समिति भेडाहा खोला नियन्त्रण उपभोक्ता समितिले पनि माटो पुरी बाँध निर्माण गर्दा बढी भुक्तानी लिएको छ।

उक्त उपभोक्ता समितिले ४२ हजार ८४१ घनमिटरको माटो पुर्ने कार्य सम्पन्न गर्दा समितिलाई महानगरले २४ लाख ९४ हजार ६१६ रुपैयाँ भुक्तानी दिएको छ ।

यसमा पनि प्रति घनमिटर २० दशमलव ६९ ले समितिलाई ८ लाख ८६ हजार ३८० रुपैयाँ बढी भुक्तानी गरिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ।

यसरी हचुवाको भरमा महानगरले नदी नियन्त्रणको नाममा उपभोक्ता समितिलाई बढी भुक्तानी दिएको बापतको रकम असुल उपर गर्न पनि निर्देशन दिएको छ।

वीरगन्ज महानगरको ग्रामीण क्षेत्रमा पर्ने भेडाहा खोलामा बर्सेनि आउने बाढीले महानगरको वडा नम्बर २८, ३०, ३१ र २२ मा बालीनालीको व्यापक रूपमा क्षति गर्दै आएको छ।

तर, महानगरले त्यहाँ पक्की बाँध निर्माण गर्नुपर्नेमा माटो पुरेर बजेट पचाउने र आफ्ना कार्यकर्ता पोस्ने कार्य गर्दै आएको त्यस क्षेत्रका स्थानीयको भनाइ छ।

भेडाहा खोलामा माटो पुरेर बाँध निर्माण गर्दा पनि खोला नजिकैबाट माटो नउठाएर अन्यत्रबाट माटो ल्याएर बाँध निर्माण गर्नुपर्ने आवश्यकता रहेको वडा नम्बर ३० का वडाध्यक्ष मनोज यादवले बताए।

उनले भेडाहा खोलामा सकेसम्म पक्की बाँध नै निर्माण गर्न सके आफ्नो वडाको खेतसँगै अन्य वडाको खेत पनि कटानबाट बच्ने बताए।

वडाअध्यक्ष यादवले भने, ‘महानगरले माटो पुर्दा खोला नजिकैबाट माटो खनेर बाँध बनाउने गरेकाले स्थानीयको खेत नोक्सान हुँदै आएको छ। बाहिरबाट माटो ल्याएर बाँध बनाउनु पर्छ। सके पक्की बाँध नै बनाए टिकाउ हुन्छ।’

भेडाहा खोलाले आफ्नो वडाकै स्थानीयको बर्सेनि बालीनाली क्षति गराउँदै आएकाले आफू निर्वाचित भएदेखि नै खोलामा बाँध निर्माणको लागि पहल गरिरहेको यादवको भनाइ छ। यो खबर देश सन्चार अनलाइनलमा पत्रकार राम मण्डलले लेखेका छन् ।

The post वीरगन्जको भेडाहा खोलाको बाँध निर्माणमा उपभोक्ता समिति मालामाल appeared first on Madhes Khabar.


प्रतिक्रिया

neelambads

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

article,1,business,1,editorial,1,entertainment,1,feature,1,international,1,main news,3,news,1761,
ltr
item
Brahmastra Daily: वीरगन्जको भेडाहा खोलाको बाँध निर्माणमा उपभोक्ता समिति मालामाल
वीरगन्जको भेडाहा खोलाको बाँध निर्माणमा उपभोक्ता समिति मालामाल
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2022/07/Vedaha-Khola-.jpg?resize=1024%2C521&ssl=1
Brahmastra Daily
https://www.brahmastradaily.com.np/2022/07/blog-post_157.html
https://www.brahmastradaily.com.np/
https://www.brahmastradaily.com.np/
https://www.brahmastradaily.com.np/2022/07/blog-post_157.html
true
2276515284180400481
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content