
मधेसखबर
वीरगन्ज,१९जेठः बारामा पोखरीमा डुबेर एक बालक सहित दुई जनाको मृत्यु भएको छ । कोल्हबी नगरपालिका–११ बेलवा बस्ने ५२ वर्षीय बिरनाथ चौधरी र कलैया उपमहानगरपालिका १६ मझौलिया टोल बस्ने ९ वर्षीय यस्तफा अन्सारीको डुबेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार बुधबार राति साढे ९ बजे बिरनाथ , घर देखि ५ सय मिटर पश्चिमपट्टी रहेको पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा फेला परेका हुन् । बुधबार अपरान्ह घाँस काट्न भनेर हिँडेका उनी बेलुका अबेरसम्म घर नआएपछि परिवारले खोजी गरेका थिए । खोज्दै जाने क्रममा पोखरीमा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।
यस्तै बुधबार साँझ पौने ५ बजे बाराको कलैया उपमहानगरपालिका–१६ मझौलिया टोल बस्ने यस्तफा अन्सारी टोलकै ४÷५ जना बच्चाहरुसँग मिया गाँउको पोखरीमा पौडी खेल्न गएका थिए । त्यसक्रममा यस्ताफा पानीमा डुबेका थिए । उलाइ घाइते अवस्थामा स्थानीयले उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल कलैया लगेका थिए । उपचारको क्रममा बुधबार साँझ उनको मृत्यु भएको प्रहरीले जनाएको छ । दुवै घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।
The post बारामा पोखरीमा डुबेर दुई जनाको मृत्यु appeared first on Madhes Khabar.
प्रतिक्रिया