फाइल फोटो
मधेसखबर
वीरगन्ज,१५असार :गृह मन्त्री बालकृष्ण खाणले नागरिकता सम्बन्धी विधेयक संसदबाट पारित गर्नका लागि उच्च तहमा छलफल भइरहेको बताएका छन् ।
बुधवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री खाणले नागरिकता सम्बन्धी विधेयक पारित गर्नका लागि सांसदहरूको तहमा र उच्च राजनीतिक तहमा छलफल भइरहेको बताएका हुन् ।
उनले भने ,‘ नागरिकतासम्बन्धी विधेयक यो समितिमा झन्डै २२ महिना छलफल भएर प्रतिवेदनको रूपमा अहिले प्रतिनिधि सभामा छ, त्यसका बारेमा माननीय तहमा पनि र उच्च तहमा पनि छलफल भइराखेको छ ।
The post नागरिकता विधेयक पारित गर्न उच्च तहमा छलफल भइरहेको छ : गृहमन्त्री खाँण appeared first on Madhes Khabar.
प्रतिक्रिया