मधेसखबर
वीरगन्ज,१९जेठ :पर्साको बहुदरमाई नगर कार्यपालिका सदस्यको निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) ले नेकपा एमालेसंग तालमेल गरेर मनोनयन दर्ता गराएका छन् ।
सत्तारुढ दलहरुको केन्द्रिय गठबन्धनले कार्यपालिका निर्वाचनमा पनि गठबन्धनकै दलहरु बिच तालमेल गर्न निर्देशन दिएको छ । तर बहुदरमाइ नगरपालिकाको कार्यपालिका निर्वाचनमा भने जसपाले गठबन्धनकाम सहयात्री दल नेपाली काँग्रेसलाइ छाडेर विपक्षी दल एमालेसंग तालमेल गरेको हो । ८ जना कार्यपालिका सदस्यको लागि हुने निर्वाचनमा एमाले–जसपाले मिलेर मनोनयन दर्ता गराएका छन् भने कांग्रेसले एक्लै मनोनयन दर्ता गराएको छ ।
तीन जना दलित वा अल्पसंख्यक सदस्य पदका लागि एमाले र जसपाबाट तीन जना र कांग्रेसबाट तीन जनाको मनोनयन दर्ता भएको हो । एमालेबाट मुखदेव प्रसाद कानु, जसपाबाट प्रदिप गुप्ता र रामरेखा सिंह राजपुतको मनोनयन दर्ता भएको छ । कांग्रेसबाट इमाम मियाँ, दिपेन्द्र पंडित कुम्हाल र राजेश्वर प्रसाद साह कानुले उम्मेदवारी दिएका छन् ।
पाच महिला सदस्यमा एमालेबाट नगिया देवी, समसा खातुन, सुनिता देवी तथा जसपाबाट कुन्ती देवी र तेतरी देवी कनुइन्ले उम्मेदवारी दिलएकी छन् । कांग्रेसबाट भने उषा देवी, प्रमशिला देवी राम, बबिता देवी कुशवाहा, मंजु देवी साह र लालसा कुमारीले मनोनयन दर्ता गराएकी छन् ।
९ वटा वडा रहेको बहुदरमाई नगरपालिकामा स्थानीय तहको निर्वाचनमा जसपाले गाउँपालिका अध्यक्षसहित १ वडा अध्यक्ष , एमालेले उपाध्यक्ष सहित ४ वडाअध्यक्ष र कांग्रेसले ३ वडा अध्यक्ष चुनाव जितेको छ भने एउटा वडाको वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।
The post गठबन्धनको निर्देशन विपरित जसपाले एमालेसंग गरयो चुनावी तालमेल appeared first on Madhes Khabar.
प्रतिक्रिया