मधेस खबर
वीरगन्ज, १४जेठ : राजस्थान रोयल्स, भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।
अहमदावादमा शुक्रबार राति भएको दोश्रो क्वालिफायर खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ७ विकेटले हराउँदै राजस्थानले आइपिएलको फाइनलको यात्रा तय गरेको हो । अब आइपिएलको उपाधीका लागि राजस्थानले फाइनलमा नवप्रवेशी टिम गुजरात टाइटान्सको सामना गर्नेछ । गुजरात पहिलो क्वालिफायरमा राजस्थानलाई नै हराएर फाइनल पुगेको टोली हो ।
शुक्रबार राति भएको दोश्रो क्वालिफायर खेलमा राजस्थानले बैंगलोरले दिएको १५८ रनको लक्ष्य १८.१ बलमा ३ विकेटकफ क्षतिमा भेट्याएको हो ।जोस बट्लरको नटआउट १०६ रनको मदतमा राजस्थानले लक्ष्य भेटाएको हो । यस्तै, कप्तान सन्जु सामसनले २३, याशभी जैशवालले २१, देबदुत पडीकल ९ र शिम्रन हेटमायरले २ रन जोडेका हुन् ।बलिङतर्फ बेंगलोरका जोश हाजलउडले २ र वानिन्दु हसरंगा डी सिल्भाले एक विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको बेंगलोरले २० ओभरमा ८ विकेट गुमाएर १५७ रन बनाएको थियो । बेंग्लोरका लागि रजत पटीदारले सर्वाधिक ५८, कप्तान फाफ डु प्लेसिसले २५, ग्लेन म्याक्सवेलले २४ र साहबाज अहमेद १२ रनको योगदान गरेका थिए । बलिङ तर्फ राजस्थानका प्रसिद्ध कृष्ण र ओबेड म्याककोयले समाना तीन÷तीन विकेट लिएका थिए ।
आइपिएलको फाइनल खेल आइतबार बेलुकी सवा ८ बजे अहमदावादमै हुनेछ ।
The post राजस्थान रोयल्स आइपिएलको फाइनलमा appeared first on Madhes Khabar.
प्रतिक्रिया