वीरगञ्ज ७ फागुन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पर्सा जिल्लाअन्तर्गत निर्वाचन क्षेत्र नम्बर ४ को छिपहरमाई गाउँपालिका वडा नम्बर २ मा वडा भेला कार्यक्रम सम्पन्न भएको छ ।क्षेत्रीय सभापति जितेन्द्र मिश्रको अध्यक्षतामा सम्पन्न भेलामा जिल्ला अध्यक्ष हरि पन्त, निवर्तमान अध्यक्ष दिलीप कुर्मी, क्षेत्रीय सभापति फैयाज मिया लगायतको उपस्थिति रहेको थियो ।भेलामा विशेष अतिथिका रूपमा रास्वपाका केन्द्रीय सदस्य डा. नन्दन यादव, प्रदेश उपप्रमुख प्रमोद कुमार, सोमालाल पटेल र छिपहरमाई गाउँपालिका अध्यक्ष उमेश प्रसाद यादवको उपस्थिति रहेको थियो ।वैशाख ६ गते शनिवार सम्पन्न भेलाले सर्वसम्मत निर्णय गर्दै वडा समितिको गठन गरेको छ । समितिको अध्यक्षमा विकास कुमार कानु, उपाध्यक्षमा सद्दाम मियाँ, सचिवमा राजु दास तात्वा, कोषाध्यक्षमा राम प्रवेश पटेल चयन भएका छन् ।त्यस्तै, सदस्यहरूमा मदन दास तात्वा, रामवेलास महतो, भोला महतो, किशोरी महतो, आनन्द महतो, समजी मकुर, किशोरी महतो, राम मिथिलेश महतो चयन भएका छन् ।भेलाले सङ्गठन सुदृढ गर्दै स्थानीय तहमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
$type=ticker$count=12$cols=4$cate=0$show=home
$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home
$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home
$type=blogging$count=7$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home
आजको ब्रह्मास्त्र दैनिक पढ्नुभयो ?
Facebook Likes$type=social_counter
|२४ घन्टाका ताजा अपडेट_$type=one$m=0$cate=0$sn=0$rm=0$c=4$va=0
[साताको खबर]$type=one
-
वीरगंज, १० जेठ । प्रगति एजुकेशन फाउन्डेशन प्रा.लि.को आयोजना र हेल्पिङ्ग हेन्ड यूथ सोसाइटीको सहयोगमा ब्राइट पब्लीक स्कुलको प्राङ्गणमा मासिक ख...
-
वीरगंज, २४ असार । जिल्ला प्रहरी कार्यालय, बाराले १ करोड २५ लाख २४ हजार बराबरको विभिन्न सामानहरू सहित एउटा ट्रक कारबाहीको लागि राजश्व अनुसन्ध...
-
वीरगंज, २६ असार । वीरगंज महानगरमा चुलिंदो खानेपानी संकटको गम्भीरतालाई मध्यनजर गर्दै बिहीबार सर्वपक्षीय छलफल सम्पन्न भएको छ । बैठकमा महानग...
/fa-clock-o/ लोकप्रिय$type=list
-
वीरगंज, १५ पुस । पर्सा प्रहरीले १६० किलो गाँजासहित दुईजनालाई पक्राउ गरेको छ । आइतवार राति ९ः३० बजेको समयमा जिल्ला पर्सा वीरगंज महानगरपालिक...
-
वीरगंज, १४ मंसिर । भारत, राजस्थानको सिकर शहरस्थित एलजी क्रिकेटे एकेडेमी खेल मैदानमा २७ देखि ३० नोभेम्बरसम्म भइरहेको अन्तर्राष्ट्रिय टि–२० च्...
प्रतिक्रिया