मधेसखबर
वीरगन्ज,२८ मंसिर : अभिभावक संघ पर्साले वीरगन्ज महानगरपालिकाले गरेको निजी विधालयहरुको बर्गिकरण र शुल्क निर्धारण आपत्ति जनाउदै सच्याउन माग गरेको छ ।
अघिल्लो हप्ता वीरगन्ज महानगरपालिकाले महानगरमा रहेका मध्ये ५८ वटा निजी विधालयहरुकोे चार वर्गमा वर्गिकरण गरि शुल्क निर्धारण गरेको थियो । तर महानगरको उक्त निर्णय , सही नरहेको भन्दै अभिभावक संघले त्यसलाई सच्याउन माग गर्दै बुधबार महानगरपालिकाको कार्यालयमा ज्ञापनपत्र बुझाएको छ ।
संघका पदाधिकारी र सदस्यहरुले बुधबार महानगरपालिकाका उपमेयर इम्तियाज आलम र शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्णलाई ज्ञाापनपत्र बुझाएको हो । महानगरपालिकाले गरेको वर्र्गिकरण र शुल्क निर्धारणले विधार्थी र अभिभावकले राहत पाउनुको सट्टा झन् आहत पाएकोले त्यसलाई सच्याउन माग गरिएको संघका अध्यक्ष सन्दिप साहले बतााए ।साहले बुझाएको ज्ञापनपत्रमा नीजी विधाललयहरुको बर्गिकरण कुन विधी , प्रकृया र आधारमा गरिएको हो त्यसको लिखित दस्तावेज समेत उपलब्ध गराउन आग्रह गरेका छन् ।
The post निजी विधालय बारे महानगगरले गरेको निर्णय सच्याउन अभिभावक संघको आग्रह appeared first on Madhes Khabar.
प्रतिक्रिया