वीरगन्ज, ३१ जेष्ठ:विश्व रक्तदाता दिवस पर्सामा पनि बुधबार विभिन्न कार्यक्रम गरि मनाइएको छ ।
वीरगन्जकाे राणीसती अतिथिसदनमा ब्लड डाेनर्स एशाेसियसनले आयाेजना गरेकाे सम्मान कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि समेत रहेका वीरगन्जका मेयर राजेशमान सिंहले शरीरको रगत
त्यत्तिकै खेर जाने भएकोले रक्तदान गर्न आग्रह गरे । उनले रक्तदान गर्नेहरुको स्वास्थ्य अवस्था सुदृढ हुने र आफुले पनि रक्तदान गर्दै आएको बताए । उनले स्वस्थ अवस्थाका १८ वर्षमाथि र ६० वर्ष मुनिका सबैलाईरक्तदान गर्न आग्रह गरे ।
एशाेसियसन पर्साका अध्यक्ष शत्रुघ्न नेपालको अध्यक्षतामा भएको कार्यक्रममा सामुदायिक सेवा केन्द्र छपकैयाका अध्यक्ष ग्यासुद्दीन ठकुराई, रेडियो वीरगन्जका अध्यक्ष ध्रुब साह, नेगेटिभ रक्त समूहका निशान्त लामिछानेलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा २०७९ वैशाखदेखि चैतसम्म सय पिन्ट रक्तदान गर्ने २३ वटासंस्था, त्यही अवधिमा दुईपटक वा त्यसभन्दा बढी रक्तदान गर्ने सङ्घसंस्था,आकस्मिक रक्तदान गर्ने २९ जना रक्तदाता, २३ जना दुर्लभ रक्तदाता,प्रत्येक तीन/तीन महीनामा रक्तदान गर्ने पाँचजना स्वयंसेवी रक्तदाता र रक्तदान कार्यक्रममा जुस सहयोग गर्ने डाबर नेपाल, आर्थिक तथा भौतिक सहयोग
गर्ने सञ्जु साह, रामबाबू सिंहलगायतलाई सम्मान गरिएको थियो ।
यसैबीच नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाले उपशाखाहरुको सहकार्यमा बहुदरमाई नगरपालिकाको दुई स्थानमा विश्व रक्तदाता दिवसको अवसरमा उत्प्रेरणा कार्यक्रम सम्पन्न गरेको छ । नेपाल रेडक्रस साेसाइटी उपशाखा भौराटारका अध्यक्ष काशी
साह र गम्हरिया उपशाखाका अध्यक्ष मौलाद्दीन मियाँको अध्यक्षतामा भएको उत्प्रेरणा कार्यक्रममा रेडक्रस साेसाइटी पर्साका सभापति वीरेन्द्रराज कँडेल,रक्तसञ्चार केन्द्र वीरगन्जका प्राविधिक प्रमुख सौरभराज पाण्डे र उपशाखा रेशमकोठीका लालबाबु सिंहले कार्यक्रममा सहभागीलाई रक्तदानका विषयमा जानकारी गराएका थिए ।
यसैगरी विश्व रक्तदाता दिवसकै अवसरमा पर्सा र बारामा बुधबार तीनवटा संस्थाले रक्तदान कार्यक्रमसम्पन्न गरेका छन् ।
नेपाल रेडक्रस साेसाइटी पर्सा शाखाले रक्तसञ्चार केन्द्र वीरगन्जमा रक्तदान गरेकोकेन्द्रका प्राविधिक प्रमुख पाण्डेले बताए ।यस्तै नारायणी बयोधा मेडिसिटी अस्पतालले आयोजना गरेको रक्तदान कार्यक्रममा ७ जना महिलासहित ४१ जनाले
रक्तदान गरेको प्राविधिक धीरेन्द्र झाले बताए । बाराको छातापिपरामा पनि सौरभ फुड कन्सर्नले आयोजना गरेको रक्तदान कार्यक्रममा २९ जनाले रक्तदान गरेका छन् ।
The post विश्व रक्तदाता दिवस : वीरगन्जमा विभिन्न संघसंस्था र रक्तदाता सम्मानित appeared first on Madhes Khabar.
प्रतिक्रिया