Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

आजको ब्रह्मास्त्र दैनिक पढ्नुभयो ?

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=blogging$count=7$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

 ब्रह्मास्त्र दैनिक इपेपर पिडिएफमा पढ्नुहोस

बन्द भएको ५० रुपैयाँमै खाना खुवाउने भरपेट भोजनालय फेरि सन्चालनमा आउने

SHARE: 520

मधेसखबर
वीरगन्ज,२२बैशाख : वीरगन्जमा गरिब विपन्न र मजदुरहरुलाई ५० रुपैयाँमै खाना खुवाँउदै आएको भरपेट भोजनालय जेठ पहिलोसाता देखि फेरि सन्चालनमा आउने भएको छ ।

सानो पाइला नामक सामाजिक संस्थाले गरिब विपन्न मजदुर र विधार्थीका लक्षित गरि सन्चालन गरेको भरपेट भोजनालय खर्च थेग्न नसकेको भन्दै चार महिना अघि बन्द भएको थियो ।बढ्दो महङगीका कारण खर्च थेग्न नसकेर चार महिना पहिले बन्द गरिएको भरपेट भोजनालय फेरि सन्चालनमा ल्याउने तयारी भइरहेको सानो पाइलाका संस्थापक दिपक बहादुर श्रेष्ठले बताए ।

शुक्रबार आयोजित पत्रकार भेटटघाट कार्यक्रममा उनले भने,‘ चार महिनादेखि भोजनालय बन्द छ , तर अहिलेपनि न गरिब , विपन्न र मजदुरहरु खाना खोज्दै दिनहँु यहाँ आउछन् , बन्द भएको देखेर निराश भएर फर्किन्छन् , त्यसका कारण खर्चको व्यवस्थापन गरेर फेरि जेठ पहिलो सातादेखि सन्चालनमा ल्याउने तयारीमा जुटेका छौं ।

भोजनालय पुन सन्चालनका लागि दीर्घकालीन उपाय खोज्नमा लागिरहेको भन्दै उनले भने,‘ दाताहरुबाट अहिलेसम्म ३० प्रतिशत रकम जम्मा भइसकेको छ , अब बाँकी रहेको ७० प्रतिशत रकम पनि दाताहरुबाटै जुटाउने अभियानमा लागिरहेका छौं ।

यसका लागि वीरगन्ज महानगरपालिकासंग पनि समन्वय गरिरहेको श्रेष्ठले बताए । श्रेष्ठले भने,‘ डेढ वर्षपहिले भरपेट भोजनालय सन्चालन गर्दाकै ताका यसको स्वामित्व स्थानीय सरकारले लिओस् भन्ने हाम्रो चाहना थियो तर त्यसो हुन सकेन , अहिले भने मेयरसाबसंग कुरा भएको छ , उहाँ सकरात्मक हुनुहुन्छ ।श्रेष्ठका अनुसार , वीरगन्ज महानगरपालिकाको मुर्लीमा २०७८ साउन ३१ गतेदेखि ५० रुपैयामा एक छाक खाना खुवाउने गरि भरपेट भोजनालय सन्चालनमा ल्याईएको थियो ।

व्यपारभन्दा पनि सेवामुखी उदेश्यले सन्चालित भोजनालय बढ्दो महङगीका कारण खर्च थेग्न नसकि घाटामा गएको भन्दै सानो पाइलाले उक्त भोजनालय २०७९ पुष ११ गतेदेखि बन्द गरिदिएको थियो ।

मासिक १ लाख ६२ हजार ९ सय रुपैया घाटामा जानथालेपछि गत पुष ११ गतेदेखि भोजनालय बन्द गर्नु परेको श्रेष्ठले बताए ।भोजनालयको मासिक खर्च ५ लाख ६ हजार ६ सय ६७ रुपैया हुदै आएपनि आम्दानी भने ३ लाख ५८ हजार ७ सय ५० रुपैयाँ मात्रै हुने गरेको उनले बताए ।

श्रेष्ठले भने,‘ हामीले प्रति व्याक्ति ५० रुपैयाँमा खाना खुवाउदै आएका थियौं , तर त्यो खानाको लागत भने ८५ रुपैयाँ पथ्र्यो , ३५ रुपैयाँ घाटा खेपेर भएपनि सेवा भावले हामीले भोजनालय सन्चालन गरिहेकै थियौं , दाताहरु वा स्थानीय सरकारबाट सहयोग पाइन्छ भन्ने हाम्रो अपेक्षा थियो , तर कतैबाट सहयोग नपाएपछि निरन्तर भइरहेको घाटा संस्थाले थेग्न नसकेर बन्द गर्नु परयो ।

श्रेष्ठका अनुसार , भोजनालय सन्चालनमा रहेको १७ महिनाको अवधीमा संस्थाले २८ लाख ७४ हजार रुपैयाँ घाटा व्यवहोर्नु परेको र त्यो रकम संस्थाको कोषबाट पुर्ति गर्नु परेको संस्थाका संस्थापक एंव सल्लाहकार कञ्चन झाले जानकारी दिए ।

उनले भने,‘ संस्थाको कोषपनि रित्तिएपछि अन्त्यमा केहि विल्कप नभएपछि गत पुष ११ देखि भोजनालय बन्द गर्नु पर्ने बाध्यता भयो ।
आर्थिक नगरी वीरगन्जमा विशुद्ध सेवाभावले गरिब विपन्नका लागि सन्चालित भोजनालय बन्द भएको ४ महिना भइसक्दा समेत यसलाई पुन सन्चालनका लागि कसैले चासो नलिदाँ दुख समेत लागेको झाले बताए ।

झाले भने,‘ यो सन्चालन गर्दाखेरि नै हामीले यसको स्वामित्व र अपन्तव स्थानीय सरकार वा प्रदेश सरकारले लिओस् भन्ने हाम्रो अपेक्षा र चाहना थियो , तर ती दुवैमध्ये कोहि पनि अगाडि सरेरनन् ,जसका कारण चार महिनादेखि भोजनालय बन्द छ ।

स्थानीय सरकार र प्रदेश सरकारले चासो नदिएपनि गरिब, विपन्न र मजदुरको आशाको केन्द्र बनेको भोजनालय पुन सन्चालनका लागि अब संस्था आफैले दाताहरु खोजिरहेको झाले बताए । उनले पनि भने,‘ केहि दाताहरु अगाडि सरिसक्नु भएको छ , त्यसकारण जेठ पहिलोसाता देखि फेरि सन्चालनमा ल्याउने तयारीमा लागिसकेका छौं । स्थानीय सरकारले यसको स्वामित्व लिओस् भन्ने अपेक्षा अझैैपनि रहेको उनले बताए ।

 

The post बन्द भएको ५० रुपैयाँमै खाना खुवाउने भरपेट भोजनालय फेरि सन्चालनमा आउने appeared first on Madhes Khabar.


प्रतिक्रिया

neelambads

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

article,1,business,1,editorial,1,entertainment,1,feature,1,international,1,main news,3,news,1761,
ltr
item
Brahmastra Daily: बन्द भएको ५० रुपैयाँमै खाना खुवाउने भरपेट भोजनालय फेरि सन्चालनमा आउने
बन्द भएको ५० रुपैयाँमै खाना खुवाउने भरपेट भोजनालय फेरि सन्चालनमा आउने
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2023/05/varpet-vojnalay-1.jpg?resize=1024%2C768&ssl=1
Brahmastra Daily
https://www.brahmastradaily.com.np/2023/05/blog-post_97.html
https://www.brahmastradaily.com.np/
https://www.brahmastradaily.com.np/
https://www.brahmastradaily.com.np/2023/05/blog-post_97.html
true
2276515284180400481
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content