बारा, १३जेष्ठ : बचतकर्ताको झण्डै दुई करोड रकम हिनामिना गरेको आरोपमा प्रहरीले जिल्ला हुलाक कार्यालय बाराका प्रमुख बलिराम प्रसाद कुर्मीलाई नियन्त्रणमा लिएको छ।
हुलाक बचत बैंकबाट एक करोड ९५ लाख ३४ हजार नौ सय ६६ रुपैयाँ हिनामिना गरेको आरोपमा प्रहरीले ५० वर्षीय कुर्मीलाई पक्राउ गरेको हो।
पर्साकाे बहादुरमाई गाउँपालिका २ घर भएका कुर्मीविरुद्ध जिल्ला प्रहरी कार्यालय बारामा उजुरी परेको थियो।
बचतकर्ताले दिएको उजुरीका आधारमा कुर्मीलाई नियन्त्रणमा लिएको बाराका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता पुरुषोत्तम पाण्डेले जानकारी दिएका छन्।
पक्राउ परेका कुर्मीलाई बारा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको प्रवक्ता पाण्डेले बताए। साभार:अन्नपूर्ण पाेष्ट
The post २ कराेड हिनामिना गरेकाे आराेपमा बारा हुलाक कार्यालयका प्रमुख कुर्मी पक्राउ appeared first on Madhes Khabar.
प्रतिक्रिया