वीरगन्ज, ५ जेष्ठ : वीरगन्जको सिर्सिया नदिलाई प्रदुषणमुक्त बनाउन सरकारलाई दबाब दिनका लागि सामाजिक अभियन्ताहरुले वीरगन्जदेखि काठमाडौँसम्मको पदयात्रा सुरु गरेका छनन् ।
चुरे तथा वनजंगल संरक्षण अभियानले सिर्सिया नदिलाई प्रदूषणमुक्त बनाउन सरकारलाई दबाब दिनका लागि बिहीबारबाट वीरगन्जदेखि काठमाडौँसम्मको पदयात्रा सुरु गरेको हो । अभियानका राष्ट्रिय संयोजक सुनिल यादवको नेतृत्वमा दर्जनौं अभियान्ताहरु उक्त पैदल यात्रामा सहभागी छन् ।
वीरगन्ज नाकाको शंकराचार्य प्रवेशद्वारस्थित सिर्सिया नदिमा पुगेर त्यहाको प्रदुषित पानी बोत्तलमा भरेर बिहिबार देखि पदयात्रा प्रारम्भ गरिएको अभियन्ता सरोज राय यादवले बताए ।
पहिलोदिन बिहिबारराति पथलैयामा पुगेर बास बसिएको र शुक्रबार बिहान त्यहाबाट पुन पदयात्रालाई निरन्तरतता दिइएको भन्दै यादवले शुक्रबार रातिसम्म हेटौडामा पुगेर बास बस्ने योजना रहेको जानकारी गराए ।
सिर्सिया नदीलाई प्रदुषण र अपहरणमुक्त गराउन तथा भूमिहीनहरुको भूमि अधिकार, रोजगारीका साथै चुरे वनजंगल संरक्षणका निम्ति जनआवाज आन्दोलनअन्तर्गत बिहीबारदेखि विरोध स्वरूप पदयात्रा सुरु गरिएको यादवको भनाई छ ।
संयोजक यादवले वीरगन्जबाट सुरु गरिएको पदयात्रा ११औँ दिनमा काठमाडौं पुगेर सिंहदरबारको गेट अगाडि सिर्सिया नदिको प्रदुषित पानी पोख्ने र त्यसो गर्दा पनि सरकारले नसुने आफूहरु माइतिघरमा अनिश्चितकालीन धर्नामा बस्ने जानकारी पनि दिए ।
The post सिर्सिया नदिलाई प्रदुषणमुक्त बनाउन वीरगन्जदेखि काठमाडौंसम्मको पदयात्रा सुरु appeared first on Madhes Khabar.
प्रतिक्रिया