वीरगन्ज,२३बैशाख : पर्साको पोखरिया नगरपालिकाका मेयर प्रदुमन प्रसाद चौहानले सामाजिक सञ्जाल फेसबुकमा आफना बारे जथाभावी नलेख्न चेतावनी दिएका छन् । उनले सामाजिक सञ्जालमा जथाभावी लेख्ने विरुद्ध कानुनी उपचार गर्ने चेतावनी पनि दिएका छन् ।
पोखरिया नगरपालिकामा लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत नहुदा उत्पन्न समस्याको विषयलाई लिएर सामाजिक सञ्जाल फेसबुकमा आफुप्रति लक्षित गरि अमर्यादीत किसिमका टिप्पणी भइरहेको भन्दै मेयर चौहानले त्यसो नगर्न आग्रह सहितको चेतावनी दिएका हुन् ।
उनले आफु प्रति पुर्वाग्र्राही मानसिकताले सामाजिक सञ्जालमा जथाभावी लेख्नेहरुको मानसिक सन्तुलन बिग्रिएको संज्ञा दिदै त्यस्ता मानसिक सन्तुलन बिग्रिएकाहरुलाई ठिक पार्ने धम्की पनि दिएका छन् ।
मेयर सचिवालय पोखररिया नगरपालिका नामक फसबुक पेजमा विज्ञप्ति नै सार्वजनिक गर्दै मेयर चौहानले लेखेका छन्– पूर्बाग्रही मानसिकताले भरीपूर्ण सामजिक सञ्जालमा मानमर्दन हुने खालका अमर्यादित भाषा प्रयोग गर्ने जून सुकै ब्यक्ति वा संस्थालाई कानुनी कठघरामा उभ्याई कानुनी उपचार गर्ने तथा मानसिक सन्तुलन बिग्रिएकाहरुलाई पनि ठीक पार्न पछि नहटने यसै बिज्ञप्ति मापÞर्mत जानकारी गराउन चाहन्छु ।जनता र कर्मचारी मैत्री प्रमुख प्रशासकिय अधिकृत ननगरपालिकामा नआउदाँ समस्या भएकोले अब भने त्यो समस्यापनि छिट्टै सम्बोधन हुने उनको विश्वास छ ।
प्रमुख प्रशासकीय अधिकृत नहुदाँ पनि नगरपालिकाको सेवा सहज रुपमै प्रदान गर्नका लागि आफु अहोरात्र खटिइरहेको दाबी गर्दै मेयर चौहानले लेखेका छन्– मन्त्रालयको आपसी प्राविधिक कार्य व्यस्तताले गर्दा १ महिना समय खेर गयो ।दुई तीन दिनमा अख्तियारी पाउने प्रबल सम्भावना देखिन्छ । काठमाडौबाट आए पश्चात १ वर्षमा भएका विकासबारे म पोखरिया नगरपालिकाभित्र पत्रकार सम्मेलन गर्न आमन्त्रित गर्नेछु । नियमितरुपले पोखरिया नगरपालिकाको विकास समयमै अगाडि बढ्ने छ । अषाढ २५ गते सम्म सम्पूर्ण योजनाहरु सम्पन्न हुनेछ ।एउटा २०करोडको योजना वडा नंबर १,४,५ र ६ सम्म रहेकोले त्यो काम सुरु भइसकेको र गतिमा भइरहेको अवस्था देखिएको छ । त्यसको समय अढाई वर्ष रहेको छ । म विश्वस्त छू । यो १ महिनाको प्रमुख प्रशासकीइ अधिकृतको ग्यापले अवश्य चिन्तित तूल्याएको होला तर त्यस्तो होइन, समय परिस्थितिले नसोचेको काम समय अवस्थाले बाध्य पारी दिन्छ ।
The post पोखरियाका मेयर चौहानको चेतावनी : मेरो बारेमा फेसबुकमा जथाभावी लेख्नेलाई ठिक पार्छु appeared first on Madhes Khabar.
प्रतिक्रिया