मधेसखबर
वीरगन्ज,२०बैशाख : वीरगन्जस्थित नारायणी अस्पतालमा लामो समयदेखि बन्द अवस्थामा रहेको आई.सी.यू. वार्ड आइतबारदेखि सञ्चालनमा आउने भएको छ ।
कोभिड महामारीकै बेला अस्पतालमा निर्माण गरिएको २३ शैयाको सुविधासम्पन्न आई.सियू. वार्ड जनशक्ति अभावका कारण सञ्चालनमा आउन नसकि बन्द अवस्थामा छ ।अब वीरगन्ज महानगरपालिकाले आवश्यक जनशक्ति व्यवस्थापनामा सहयोग गर्नेभएपछि उक्त आई.सियू.वार्ड आइतबारदेखि सन्चालनमा आउने आउने भएको हो ।
बुधबार महानगरपालिकाका मेयर राजेशमान सिंहले अस्पतालको निरिक्षणका क्रममा आवश्यक जनशक्ति सहयोग गर्ने बताएकोले बन्द रहेको आई.सी.यू.वार्ड पूर्ण क्षमतामा संचालनमा आउने अस्पतालका सूचना अधिकारी डाक्टर उदयनारायण सिंहले जानकारी दिए ।
डाक्टर सिंहका अनुसार , आई.सियू.वार्ड पूर्ण क्षमतामा सञ्चालनका लागि २० जना स्टाफ नर्स र कार्यालय सहयोगी गरि २८ जना जनशक्ति आवश्यक पर्छ ।उक्त जननशक्ति महानगरपालिकाले व्यवस्थापन गर्ने मेयर सिंहले बताएको डाक्टर सिंहले जानकारी दिए ।२३ शैयाको आई.सियू.वार्ड पूर्ण क्षमतामा सञ्चालनमा आएपछि बिरामीको उपचारमा अझ सहज हुने पनि उनले बताए ।
बुधबारको निरिक्षणका क्रममा मेयर सिंहले अस्पतालको प्रसुती गृहमा बिरामीलाई सहज सेवा प्रदानका लागि आवश्यक थप संरचना निर्माण गर्न पनि महानगरले आउँदो अर्थिक वर्षमा बजेट बिनियोजन गर्ने प्रतिबद्धता जनाएको डाक्टर सिंहले जानकारी दिए ।
डाक्टर सिंहका अनुसार , मेयर सिंहले अस्पतालमा उपचारका लागि आउने बिरामीहरुलाई उपचारमा कुनै कमी हुन नदिन पनि अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई आग्रह गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर चित्तरन्जन साहले जानकारी दिए ।
बुधबार अस्पतालको निरीक्षणका क्रममा मेयर सिंहसंगै महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल, मेयरका सल्लाहकारद्व्य प्रकाश अमात्य र महेश दास, अस्पतालकी नर्सिङ प्रमुख हेमा थापा लगायतको पनि सहभागिता थियो ।
The post महानगरको सहयोगमा नारायणी अस्पतालको आई.सियू.वार्ड सञ्चालनमा आउने appeared first on Madhes Khabar.
प्रतिक्रिया