
वीरगन्ज ,२जेठ : उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले बन्द रहेका सरकारी उद्योगहरु पुन सन्चालनका लागि सरकार लागेकाे बताएका छन् ।
साेमबार वीरगन्जमा नेपाल प्रेस युनियन पर्साकाे १०ओैं अधिवेशनकाे उद्घाटन समाराेहलाई सम्बाेधन गर्दै मन्त्री रिजालले यस्ताे बताएका हुन् ।उनले भने, बन्द रहेकाे वीरगन्ज चिनी कारखानासहितका सरकी उद्योगहरु पुन चलाउनका लागि सरकारले गृहकार्य गरिरहेकाे छ।कुन माेडलमा चलाउने बारेमा छलफल चलिरहेकाे छ।
नक्कली भुटानी शरणार्थी प्रकरण बारे बाेल्दै रिजालले एमालेकै सरकारका पाला देखि याे भ्रष्टाचार प्रकरण सुरु भएकाे बताए । उनले भने, राम बहादुर थापा बादल गृहमन्त्री भएका बेला प्रधानमन्त्री कुन पार्टीका थिए? टाेपबहादुर रायमाझी मन्त्री हुदाँ प्रधानमन्त्री कुन पार्टीका थिए ? याे सबैलाई थाहा छ ।
नक्कली शरणार्थीका नाममा भएकाे भ्रष्टाचार प्रकरणकाे अनुसन्धानमा अहिलेकाे गठबन्धन सरकारले पुर्ण रुपमा सघाइरहेकाे बताउदै मन्त्री रिजालले भने, भ्रष्टाचारीलाई कारबाही हुनै पर्छ, सरकारले अनुसन्धानमा कुनै हस्ताक्षेप गर्दैन ।
उनले देशकाे अर्थतन्त्रलाई पुन चलायमान बनाउन सरकार लागि परेकाे बताए ।

The post बन्द सरकारी उद्योगहरु चलाउन सरकार लागेकाे छ : उद्योगमन्त्री रिजाल appeared first on Madhes Khabar.
प्रतिक्रिया