वीरगन्ज,१८बैशाख : अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा सोमबार वीरगन्जमा आयोजित आरोग्यः वृहत निःशुल्क स्वास्थ्य शिविरमा १ सय ८१ जना लाभान्वित भएका छन् ।राउण्ड टेबल नेपालको प्रायोजन र ईम्प्रुभिङ्ग वीरगन्जको सहकार्यमा सानो पाइलाले माईस्थान पार्कमा शिविरको आयोजना गरेको थियो ।
शिविरमा डाक्टर राकेश कुमार झा, डाक्टर अस्मिता उपाध्याय द्विवेदी, डाक्टर रन्जन कुमार झा, डाक्टर सरोज रोशन दास, डाक्टर राजेश स्वर्णकार र डाक्टर भुनेश कुमार बादल सहतिका स्वास्थ्यकर्मीहरुको टोलीले सेवा प्रदान गरेको थियो ।
शिविरमा सेवा लिन आएकाहरुलाई चिकित्सकीय परामर्शसँगै औषधी समेत वितरण गरिएको थियो । शिविरमा नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगन्जका विद्यार्थीहरुले पनि प्राविधीक सहयोग गरेको सानो पाइलाका संस्थापक कञ्चन झाले जानकारी दिए ।
The post श्रमिक दिवसका अवसरमा वीरगन्जमा आयोजित स्वास्थ्य शिविरबाट १८१ जना लाभान्वित appeared first on Madhes Khabar.
प्रतिक्रिया