वीरगन्ज,७ बैशाख : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादव जिते पाँच दलीय गठबन्धन अझ बलियो बन्ने बताएका छन् ।
बारामा बिहिबार आयोजित चुनावसभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले जसपाका अध्यक्ष तथा बारा–२ का उम्मेदवार उपेन्द्र यादवले मधेस र मधेसीको हक अधिकारका लागि लड्दै आएको नेता भएका कारण उनलाई जिताउँदै गठबन्धनलाई बलियो बनाउन बारा २ का मतदातासंग अपिल गरे ।
बारा निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य उम्मेदवारका रुपमा उपेन्द्र यादव योग्य भएको बताउँदै देउवाले भने, ‘उपेन्द्र यादवजी अत्यन्तै योग्य मान्छे हुनुहुन्छ । क्याबिनेटमा हामीले सँगै काम गरेका छौँ । उहाँले मधेस र मधेसीको अधिकारका लागि क्याबिनेटमै मसँग कयौं पटक झगडा गर्नुभयो , मधेसका लागि लड्नुभयो ।’
देउवाले यादवलाई मधेसका लागि सच्चा रुपले सम्पर्पित व्यक्ति भएको पनि बताए । ‘उहाँले मधेशका लागि सच्चा मानेमा प्रतिबद्ध, योग्य र सम्पर्पित उम्मेदवारका रुपमा बारा–२ का बासिले उहाँलाई पाउनु भएको छ । मलाई लाग्छ उहाँलाई जिताउन अत्यावश्यक छ,’ देउवाले भने ।
उनले महागढीमाईलाई ऐतिहासिक ठाउँ भएको बताउँदै यसको विकास र समृद्धिको लागि पनि काम गर्नुपर्ने बताए ।
The post उपेन्द्र यादव मधेस र मधेसीका लागि लड्ने सच्चा नेता हो : कांग्रेस सभापति देउवा appeared first on Madhes Khabar.
प्रतिक्रिया