मधेसखबर
वीरगन्ज,८ बैशाख : पर्साको पटेर्वा सुगौली गाउँपालिकामा विधार्थी भर्ना अभियान शुरु गरिएको छ । पालिकाको सहयोग र वडा कार्यालयको समन्वयमा साुदायिक विधालयहरुले विधार्थी अभियान सन्चालन गरेका हुन् ।
यसैक्रममा शुक्रबार वडा नम्बर ३ पश्चिम देकुलीमा रहेको गादीमाई आधारभूत विधालयको आयोजनामा विधार्थी भर्ना अभियान अन्तर्गत वडा नम्बर ३ का विभिन्न टोलमा सचेतनामुलक रयाली निकालिएको छ ।“समयमै भर्ना,समयमै ज्ञान“ “गुणस्तरीय शिक्षा,सबैको अभियान“ भने मूल नारा सहित जनचेतनामुलक र्याली निकालिएको पटेर्वा सुगौली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत संदेश कुमार यादवले बताए ।
यादवका अनुसार , पटेर्वा सुगाली गाँउपालिकामा रहेको २४ वटा सामुदायिक विद्यालयले १÷१ दिन बिभिन्न नारा लेखिएको पलेकार्ड सहित रयाली निकाल्ने तथा शिक्षक र विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र सदस्यको टोलीले हरेक घरधुरीमा पुगेर विधालय जाने उमेर पुगेका बालबालिकालाई विधालयमा भर्ना गर्न अभिभावकलाई आग्रह गर्ने गरि भर्ना अभियान संचालन गरिएको हो । कुनैपनि बालबालिकालाई शिक्षाबाट बन्चित हुन नदिने उदेश्यले विधार्थी भर्ना अभियान सन्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत यादवले बताए ।
नयाँ शैक्षिक सत्रको शुरुमै सबै सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक गाउँ पालिकाले उपलब्ध गराएको उनले बताए । साथै विधालयमा भर्ना भएका दलित र छात्राहरुलाई पालिकाबाट छात्रवृति प्रदान गरिने गाउँपालिकाका प्रशान शाखा प्रमुख शम्भु प्रसाद साहले बताए ।
शुक्रबारको विधार्थी भर्ना अभियानमा वडा नम्बर ३ का वडाध्यक्ष माधव प्रसाद राउत थारु, विधालय व्यवस्थापन समितिका अध्यक्ष निलम देवी, गाउँपालिकाका प्रसान शाखा प्रमुख शम्भु साह,शिक्षा शाखा प्रमुख सोलेन्द्र पजियार ,वडा सदस्य हैदर अलि अन्सारी,जिन्सी शाखा प्रमुख रामबाबु राय,विद्यालयका प्रधानाध्यापक प्रमोद प्रसाद यादव ,शिक्षक चन्द्रकलि देवी,कंचन चौधरी लगायतको पनि सहभागीता थियो ।
The post पटेर्वा सुगौली गाउँपालिकाको गाँउ गाँउमा विधार्थी भर्ना अभियान सन्चालन appeared first on Madhes Khabar.
प्रतिक्रिया