मधेसखबर
वीरगन्ज, २८ चैत : बाराको महागढीमाई नगरपालिकामा विगत दुई महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुंदा कार्यालयको कामकाज प्रभावित भएको छ ।
दुई महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुंदा कार्यालय खुलेपनि कामकाज गर्न नसक्दा सेवाग्राहीले दुव्र्यवहार गरेको भन्दै जनप्रतिनिधी र कर्मचारीहरुले आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।
महागढीमाई नगरपालिकामा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विगत दुई महिनादेखि प्रमुख प्रशासाकिय अधिकृत नपठाउँदा सेवा प्रवाहमा समस्या भएकोले उनिहरुले आन्दोलनमा उत्रिने चेतावनी दिएका हुन् ।
मेयर उपेन्द्र प्रसाद यादवले भने,‘ नगरपालिका प्रमुख प्रशासकिय अधिकृत बिहिन भएको दुई महिना हुनलाग्यो , सेवाग्राही आउछन् तर काम हुन सक्दैन अनि कर्मचारी र हामीलाई गाली दिन्छन्, हप्कीदप्की दिएर जान्छन्, त्यसकारण कार्यालयनै बन्द गरेर हामी आन्दोलनमा उत्रिने तयारीमा छौं ।
नगरपालिका कार्यालयका कर्मचारीहरुले सोमबारदेखि पेन डाउन गरेर सांकेतिक आन्दोलनको सुरुवात गरिसकेको पनि मेयर यादवले बताए ।
महागढीमाई नगरपालिकामा यसअघि कार्यरत प्रमुख प्रशासकिय अधिकृत महम्मद शेरे मुस्तफाको गत फागुन ८ गते मन्त्रालयले पर्साको बहुदरमाई नगरपालिकामा सरुवा गरेको थियो । त्यसयता अहिले महागढीमाई नगरपालिका प्रमुख प्रशासकिय अधिकृत विहिन बनेको मेयर यादवले बताए ।
मेयर यादवका अनुसार , यसअघिका प्रमुख प्रशासकिय अधिकृत मुस्तफाको सरुवा भएपछि मन्त्रालयले चांडै अर्को प्रमुख प्रशासकिय अधिकृत पठाईदिने आश्वासन मात्रै दिंदै आएको छ ।मेयर यादवले भने,‘ मन्त्रालयले आश्वासन दिएको एक हप्ता बितेपछि मन्त्रालयमै पुगेर मैले मन्त्री अमनलाल मोदी ज्यु र सचिव कृष्णहरी पुष्कर ज्युसंग पटक पटक भेटेर आग्रह गरे , तर अहिले सम्म कुनै सुनुवाई भएको छैन ।
यहि चैत १५ गते मन्त्रालयले महागढीमाई नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृत रोशन ज्ञवालीलाई खटाएको पत्र पठाएको थियो । तर मधेसमा नजाने भन्दै ज्ञवाली मन्त्रालयमा गएर हाजीर भएको मेयर यादवले बताए ।
उनले भने,‘ कार्यालयमा दुई महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुंदा आर्थिक , प्रशासनिक काम देखि विकास निर्माणका काम समेत ठप्प छन् , नगरपालिकाका कर्मचारीहरुले माघ यताको तलब खान पाएका छैनन् ।
कार्यालयमा विभिन्न सेवाका लागि आउने सेवाग्राहीको काम हुन नसक्दा कर्मचारी र जनप्रतिनिधीहरुले गालीगलौज र दुव्र्यवहार सहनु परिरहेको दुखेसो पनि उनले सुनाए ।प्रमुख प्रशासकिय अधिकृत बिहिन हुदाँ कार्यालय खुलेपनि जनप्रतिनिधी र कर्मचारीहरु कामबिहिन भएर दुइ महिनादेखि बसिरहेको उनले बताए ।
अबपनि मन्त्रालयले अधिकृत पठाउन ढिला गरेमा मन्त्रालयकै विरुद्ध जनप्रतिनिधी र कर्मचारीहरु आन्दोलनमा उत्रिने चेतावनी पनि उनले दिए । यादवले भने ,‘ अधिकृत नहुदाँ आर्थिक , प्रशासनिक काम नै ठप्प छ , आपतकालिन अवस्थामा वारुण यन्त्र र एम्बुलेन्समा तेल हाल्न समेत समस्या भइरहेको छ , सेवाग्राहीको हप्कीदप्की र गालीगलौज सहनु भन्दा नगरपालिका कार्यालय नै बन्द गरेर हामी मन्त्रालयविरुद्ध आन्दोलनमा उत्रिनुको विकल्प छैन अब ।
The post महागढीमाई नगरपालिकाका जनप्रतिनिधी र कर्मचारी आन्दोलनको तयारीमा appeared first on Madhes Khabar.
प्रतिक्रिया