
काठमाडौं,१८चैत: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले केही व्यक्तिहरूले राजनीतिलाई आफ्नो परिवारको प्रगतिका रूपमा दुरुपयोग गरेको बताएका छन्।
शनिबार काठमाडौंमा रास्वापाले गरेको पत्रकार सम्मेलनमा अध्यक्ष लामिछानेले राजनीतिलाई सेवाका रूपमा विकास गर्न प्रणाली सुधार जरुरी रहेको बताएका हुन्।
लामिछानेले भने, ‘रास्वपा सबैभन्दा ठूलो र लोकतान्त्रिक पार्टीका रूपमा छिट्टै खडा हुनेछ। समाजमा निरासाको ठूलो बादल छाएको छ।’
स्वर्णिम वाग्ले र रमेश खरेललाई हराउने परिकल्पना यो देशले नगर्ने उनले बताए। लामिछाने चितवन–२ बाट चुनावी प्रतिस्पर्धा गर्दैछन्।साभार:अन्नपूर्ण पाेष्ट
The post रास्वपा छिट्टै ठूलो रूपमा खडा हुनेछः रवि लामिछाने appeared first on Madhes Khabar.
प्रतिक्रिया