बारा,१२बैशाख : बारा क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अग्रता फराकिलाे बनाउदै लगेका छन् ।
मंगलबार बिहान ७.३० बजे सार्वजनिक पछिल्लो मत परिणाम अनुसार यादवले १०१९९ मत ल्याएका छन् । उनलाई जनमत पार्टीका शिवचन्द्रप्रसाद कुशवाहाले ६८०६ मतका साथ पछ्याइरहेका छन् ।
तेस्रो स्थानमा रहेका नेकपा एमालेका पुरुषोत्तम पौडेलले ४०११ मत पाएका छन् ।
यहाँ रास्वपा चौथो स्थानमा रहेको छ । रास्वपाका रमेशप्रसाद खरेलले १४५१ मत ल्याएका छन् भने पाँचौ स्थानमा रहेको आम जनता पार्टीका अरुणकुमार ज्ञवालीले ५९२ मत ल्याएका छन् ।
यो क्षेत्रबाट निर्वाचित भएका रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि गत १० गते उपनिर्वाचन भएको हो ।
The post बारा २ : उपेन्द्र यादवकाे अग्रता निरन्तर बढ्दै appeared first on Madhes Khabar.
प्रतिक्रिया