![](https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2022/05/Accident.jpg?resize=810%2C456&ssl=1)
वीरगन्ज ,१५बैशाख : बारामा बिहीबार राति फलामकाे छड बोकेको ट्याक्टरमा पछाडिबाट मोटरसाइकल ठोक्किँदा माेटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ।
कलैया-वीरगन्ज सडकखण्डअन्तर्गत कलैया उपमहानगरपालिका-२३ स्थित सडकमा छड बोकेको ना ५ त ८२५० नम्बरको ट्याक्टरमा पछाडिबाट बा ८० प ४०२१ नम्बरको माेटरसाइकल ठाेक्किएको थियोे।
उक्त दुर्घटनामा मोटरसाइकल चालक कलैया उपमहानगरपालिका-२१ बस्ने २४ वर्षका राजनकुमार रामको घटनास्थलमै मृत्यु भएको बाराका प्रहरी उपरीक्षक हाेविन्द्र बाेगटीले जानकारी दिए।
टयाक्टर र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर दुर्टघटनाको बारेमा थप अनुसन्धान गरिरहेकाे उनले बताए ।
The post छड बाेकेकाे ट्याक्टरमा माेटरसाइकल ठाेक्किदा बारामा एक जनाकाे मृत्यु appeared first on Madhes Khabar.
प्रतिक्रिया