वीरगन्ज ,२६चैत: भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा शनिबार राति भएको खेलमा चेन्नइ सुपर किंग्सले मुम्बई इन्डियनलाई ७ विकेटले पराजित गरेको छ ।
मुम्बइको वानखडे स्टेडियममा भएकाे खेलमा चेन्नइले १५८ रनको लक्ष्य १८.१ ओभरमा ३ विकेट गुमाएर पूरा गरेकाे हाे ।
चेन्नाइका लागि आजिन्का रहानेले २७ बल खेल्दै ७ चौका र २ छक्का मद्दतमा सर्वाधिक ६१ रन बनाए । रुतुराज गाएकवाडले ३६ बल खेल्दै २ चौका र १ छक्का मदतमा अविजित ४० रन बनाए ।
मुम्बईका लागि जासोन बेहरेनडोर्फ, पियुष चावला र कुमार् कार्तिकेयाले समान एक/एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बइले ८ विकेट गुमाएर १५७ रन बनाएको थियो । मुम्बइका लागि इशान किसनले २१ बलमा सर्वाधिक ३२ रन बनाए । टिम डेविडले २२ बलमा ३१ रन बनाए । यस्तै तिलक बर्माले २२ र कप्तान रोहित शर्माले २१ रन जोडे । ह्रितिक शोकिनले अविजित १८ रन बनाए ।
चेन्नइका लागि रविन्द्र जडेजाले ४ ओभरमा २० रन खर्चेर ३ विकेट लिए । तुसार देसपान्डे र मिचेल सान्टनरले २/२ विकेट लिए । सिसान्डा मागालाले एक विकेट लिए ।
दोस्रो जितपछि ३ खेलबाट ४ अंक जोडेको चेन्नई चौथो स्थानमा उक्लेको छ । लगातार दोस्रो हारपछि मुम्बइ भने अंकविहीन छ ।
The post आईपिएल: मुम्बईमाथि चेन्नइको सहज जित appeared first on Madhes Khabar.
प्रतिक्रिया