वीरगन्ज,८ बैशाख : इस्लाम धर्मावलम्बीको पवित्र महिना रमदानको उपलक्ष्यमा वीरगन्जका एक हिन्दु युवाले सामुहिक इफ्तारीको आयोजना गरेका छन् ।
आपसी भाईचारा अभिबृद्धि गर्ने उदेश्यले वीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवाका युवा भुषाल चौरसियाले मुस्लिम धर्मावलम्बीहरुका लागि इफ्तारको प्रबन्ध मिलाएका हुन् ।
आपसी सद्भाव र धार्मीक सहिष्णुता कायम राख्नका लागि मुस्लिमहरुको मुख्य पर्व रमजानको उपलक्ष्यमा बिहीबार इफ्तारी गराइएको चौरसियाले बताए ।
चौरसियाले आयोजना गरेको इफतारमा मुस्लिम तथा हिन्दु समूदायका उल्लेख्य व्यक्तिको सहभागिता रहेको थियो ।
फरक धर्म संस्कृतिको सम्मान गर्दै धार्मीक सहिष्णुता कायम राख्न आफूले सानो प्रयास गरेको चौरसियाले बताए ।
The post धार्मिक सहिष्णुताको अनुपम उदाहरण : चौरसियाले मुस्लिमहरुलाई गराए इफ्तारी appeared first on Madhes Khabar.
प्रतिक्रिया