Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

आजको ब्रह्मास्त्र दैनिक पढ्नुभयो ?

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=blogging$count=7$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

 ब्रह्मास्त्र दैनिक इपेपर पिडिएफमा पढ्नुहोस

बारा २ को उपनिर्वाचन : चुनावी गणितले उपेन्द्र यादव अगाडि

SHARE: 520

वीरगन्ज,२ बैशाख : बारा निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा बाँकी दुई क्षेत्रको उपनिर्वाचनभन्दा चासो र चर्चा बढी छ । कारण हो सत्ता गठबन्धन पाँच दलका साझा उम्मेदवार जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवको उम्मेदवारी । र, यादवलाई जसरी पनि हराएर संसद् प्रवेश गर्न नदिने जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सिके) को घेराबन्दी ।

जनमत पार्टीले माओवादी केन्द्रका नेता शिवचन्द्र कुशवाहालाई चुनावअघि भित्र्याएर उम्मेदवार बनाएको छ । जनमतबाट उम्मेदवार कुशवाहा भए पनि मतदाताको दैलोमा मत माग्न सिके बढी सक्रिय छन् । जसपाको बलियो संगठनको जगमा चुनाव लडेका यादवसँग नेपाली कांग्रेस, लोसपा, माओवादी केन्द्र र एकीकृत समाजवादीको समर्थन छ । घरदैलोमा यादवसँग समर्थक दलका स्थानीय नेता र जनप्रतिनिधि सँगसँगै हुन्छन् ।

२०७४ अघिको सांगठनिक शक्तिभन्दा २०७४ यता यस क्षेत्रमा जसपाले शक्ति आर्जन गरेको स्थानीय बताउँछन् । यस क्षेत्रमा २०७४ को निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम (हाल जसपा) का रामसहाय यादव निर्वाचित भएका थिए । यादवले २८ हजार १ सय ८५ मत ल्याएर जित्दा कांग्रेसका राधेचन्द्र यादवले १५ हजार ७ सय ९० मत पाए। माओवादीका शिवचन्द्र कुशवाहाले ४ हजार ७ सय १२ मत पाएका थिए ।

प्रतिनिधिसभा निर्वाचन २०७९ मा यस क्षेत्रबाट जसपा र एमालेका साझा उम्मेदवार बनेका जसपा नेता रामसहाय यादवले १३ हजार ८ सय २२ मत पाएर जित हासिल गरे। कांग्रेस–माओवादी गठबन्धनबाट उठेका माओवादीका शिवचन्द्र कुशवाहाले १३ हजार ४ सय ६८ मत पाए । जसपाबाटै बागी उठेका रामकिशोर प्रसाद यादवले ११ हजार ४३ मत पाएका थिए ।

मंसिरको चुनावमा यस क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार नै थिएनन् । स्वतन्त्र भने धेरैजना उठेका थिए, तीमध्ये अरूण ज्ञवालीले ७ हजार ६ सय ९८ मत ल्याएका थिए । यहाँ जनमत पार्टीले २७ सय २५ र नागरिक उन्मुक्तिले ११ सय ११ मत पाएका थिए ।

बारा २ को चुनावी गणित

बारा २ मा ६ वटा स्थानीय तहका ४४ वडा समेटिएका छन् । गत स्थानीय चुनावमा ४४ मध्ये १५ वडा जसपाले एक्लै जितेको छ भने नेपाली कांग्रेसले १३ वटा वडाध्यक्ष जितेको छ । माओवादीले जितेका दुई र एकीकृत समाजवादी तथा लोकतान्त्रिक समाजवादीले जितेका एकएक वडासमेत जोड्दा सत्ता गठबन्धनका भागमा ३४ वडा पर्दछन् । एमालेले १० वटा वडा जितेको छ ।

एमालेले जितेका वडा र पालिकामा पनि कांग्रेस–जसपाको गठबन्धन बन्दा एमालेको मत कम हुने देखिन्छ । कारण, बारा–२ मा जसपा र कांग्रेस नै पहिलो र दोस्रो शक्ति हुन् । यसलाई वडा तहको शक्ति सन्तुलनले पुष्टि गर्छ ।

जस्तो–क्षेत्र नम्बर २ मा पर्ने कोल्हबी नगरपालिकाको वडा नम्बर ८ मा २७ सय मतदाता छन् । यहाँ एमालेले वडाध्यक्ष जितेको छ, तर दोस्रो र तेस्रो रहेका कांग्रेस र जसपाको मत जोड्दा एमाले कमजोर हुन जान्छ । एमालेले पालिका प्रमुख जितेको पचरौता नगरपालिकामा पनि जसपा र कांग्रेसको गठबन्धन हुँदा एमाले स्वतः अल्प मतमा पर्छ ।

यस निर्वाचन क्षेत्रमा पर्ने करैयामाई गाउँपालिका र देवताल गाउँपालिका प्रमुख जसपाले जितेको छ । ३३ हजार मतदाता रहेको महागढीमाई नगरपालिको मेयर कांग्रेसले जितेको छ, जहाँ जसपाको मत दोस्रो स्थानमा छ । जसपाले प्रमुख जितेको देवताल गाउँपालिकाका कुल ७ वडामध्ये कांग्रेस र जसपाले ३–३ वटा जितेका छन् भने लोसपाले एउटा जितेको छ । एमाले, जनमत कसैले पनि यहाँ जितेका छैनन् ।

करैयामाई गाउँपालिकाका कुल ८ वडामध्ये सत्ता गठबन्धनले ६ र एमालेले २ वडा जितेका छन् । जनमतले एउटै जितेको छैन । पचरौता नगरपालिकामा एमाले र जसपाले ४–४ वडा जितेका छन् भने लोसपाले एउटा जितेको छ । यहाँ पनि कांग्रेस–जसपा गठबन्धनको भोट एउटा ठाउँमा हुँदा एमाले स्वतः कमजोर हुन्छ । जनमत यहाँ पनि छैन ।

मंसिरमा यस निर्वाचन क्षेत्रभरिबाट करिब २७ सय मत ल्याएको जनमत पार्टीले ४४ मध्ये एउटा पनि वडा जितेको छैन । स्थानीय तहमा उसका उम्मेदवार प्रतिस्पर्धामै आएको देखिँदैन । माओवादीको मत कुशवाहाभन्दा बढी आम जनता पार्टीका अध्यक्ष प्रभु साहले आफ्ना उम्मेदवार अरूण ज्ञवालीतर्फ ट्रान्सफर गराउन सक्ने सम्भावना बढी छ ।

सिके राउत उम्मेदवारी दर्तादेखि नै बारामै बसेर उपेन्द्र यादवलाई हराउने रणनीति बुनिरहेका छन् । राउतले गढीमाई मन्दिरछेउमा कार्यालय स्थापना गरेका छन् । राउतलाई अहिलेसम्मको गणितले भने पटक्कै साथ दिएको छैन । उनी आफ्ना उम्मेदवारको पक्षमा मत माग्नुभन्दा पनि यादवबारे भ्रम फिँजाउन सक्रिय रहेको कोल्हबीका राकेश यादवले बताए । यस क्षेत्रको गणितले जनमत पार्टीको अवस्था एमालेको भन्दा कमजोर देखाउँछ ।

करिब ३० प्रतिशत यादव जातिको बसोबास रहेको यो क्षेत्र भारतीय सीमासँग जोडिएको छ । विकासका पूर्वाधार खासै नबनेको र कृषिमा निर्भर रहेको यस क्षेत्रमा करिब दुईतिहाई मधेशी समुदायको बसोबास छ ।

जसपाको बलियो संगठनात्मक पकड रहेको यस क्षेत्रमा कांग्रेस र माओवादीले समेत साथ दिँदा उपेन्द्र बलियो देखिन्छन् । तर सिके राउतले सप्तरीबाट आएर उठेको प्रचार भइरहेकाले यादवमाथि पनि जित निकाल्नु चुनौतीपूर्ण भने पक्कै छ ।

कुल २ लाख ३ हजार जनसंख्या रहेको बारा २ मा १ लाख ५ हजार २ सय ४८ जना मतदाता छन् । यादवपछि क्रमशः मुस्लिम, वैश्य, दलित समुदायका मतदाता रहेका छन् । पहाडे समुदायको प्रभाव कमै छ ।

२०६४ साल पहिला यादव समुदायले प्रतिनिधित्व गरेको यो क्षेत्रमा २०६४ सालमा माओवादीबाट शिवचन्द्र कुश्वाहाले प्रतिनिधित्व गरेका थिए । त्यसपछि २०७० मा भएको संविधानसभा निर्वाचनमा कांग्रेसका रामअयोध्या यादवले प्रतिनिधित्व गरे । त्यसपछि २०७४ र २०७९ सालमा भएको प्रतिनिधिसभाको निर्वाचनमा रामसहाय प्रसाद यादव निर्वाचित भए ।

The post बारा २ को उपनिर्वाचन : चुनावी गणितले उपेन्द्र यादव अगाडि appeared first on Madhes Khabar.


प्रतिक्रिया

neelambads

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

article,1,business,1,editorial,1,entertainment,1,feature,1,international,1,main news,3,news,1761,
ltr
item
Brahmastra Daily: बारा २ को उपनिर्वाचन : चुनावी गणितले उपेन्द्र यादव अगाडि
बारा २ को उपनिर्वाचन : चुनावी गणितले उपेन्द्र यादव अगाडि
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2023/04/upendra-yadav-bara-2-1.jpg?resize=1024%2C538&ssl=1
Brahmastra Daily
https://www.brahmastradaily.com.np/2023/04/blog-post_15.html
https://www.brahmastradaily.com.np/
https://www.brahmastradaily.com.np/
https://www.brahmastradaily.com.np/2023/04/blog-post_15.html
true
2276515284180400481
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content