जनकपुर,१५चैत: मधेस प्रदेशका मुख्यमन्त्री सराेजकुमार यादवले मिटरब्याजीबाट पीडितहरुको आन्दोलनमा आफ्नो समर्थन रहेको जनाएका छन् ।
मुख्यमन्त्री यादवले बुधबार बिहान एक विज्ञप्ति जारी गर्दै मिटरब्याजीबाग पीडितहरुको हरेक पाइलामा सर्थन रहेको बताउँदै यो समस्या समाधानका लागि संयुक्तरुपमा लड्नुपर्ने बताएका छन् ।
‘गरीब झन् गरीब हुने, भएको सम्पत्तिसमेत स्वाहा हुने राष्ट्रिय समृद्धिको बाधक यो समस्याविरुद्ध संयुक्तरुपमा लड्न म मधेश प्रदेश सरकारको तर्फबाट सारा विद्वत वर्ग, चिन्तक, योजना विद्, विज्ञहरुलाई आह्वान गर्द्छु,’ उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
उनले मिटरब्याज मधेश प्रदेशको मात्र समस्या नभएको बताउँदै गरीब झन गरीब हुने भएको यो समस्याविरुद्ध संयुक्त रुपमा लड्न अपिलसमेत गरेका छन् ।
उनले मिटरब्याज पीडितको समस्या मधेश सरकारको पनि सरोकार र दायित्व भएको बताउँदै सरकारले आन्दोलनलाई साथ दिने बताएका छन् ।
‘ठूलो वेदना बोकेर काठमाडौं पुग्नुभएका मिटरब्याज पीडित हाम्रा दाजुभाइ दिदीबहिनीहरु । तपाईंको हरेक पाइलामा हाम्रो साथ छ, तपाईंको आँसुको हरेक थोपामा हाम्रो पनि सरोकार र दायित्व छ । हामी जिम्मेवारीबाट भाग्न सक्दैनौं,’ मुख्यमन्त्री यादवले भनेका छन् ।साभार:अनलाइनखबर
The post मिटरब्याजीबाट पिडितहरुकाे आन्दोलनमा मधेसका मुख्यमन्त्री यादवकाे समर्थन appeared first on Madhes Khabar.
प्रतिक्रिया