Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=blogging$count=7$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

 ब्रह्मास्त्र दैनिक इपेपर पिडिएफमा पढ्नुहोस

परिवारै मिलेर देवरबाट गराए बलात्कार

SHARE: 520

महोत्तरी,४फागुन : यो कुनै चलचित्रको कथानक होइन। न हो उपन्यासकै कथा। यो त भयानक हृदयविदारक घटना हो।

एक किशोरीले गत असारमा गौशाला नगरपालिका–५ का युवकसँग मागीविवाह गरिन्। तर, परिवारै मिलेर देवरबाट बलात्कार गराए। पीडितले प्रहरीमा गएर उजुरी दिइन्। तर, प्रहरीले परिवारकै जिम्मा लगायो। त्यसपछि ससुराले मन्दिरमा लगेर देवरसँगै विवाह गराए। घर फर्किएपछि पनि यातना दिन छाडेनन्। ती पीडितले न्याय मागिरहेकी छन्।

‘श्रीमान् हुँदाहुँदै देवरसँग यौनसम्बन्ध कायम गर्नुपर्ने बाध्यता छ’, उनले अन्नपूर्ण पोस्ट्सित भनिन्, ‘देवरसँग शारीरिक सम्बन्ध बनाउन नमान्दा श्रीमान्, देवर, नन्द अनि ससुराले नै मुखमा कपडा कोचेर कुटपिट गर्दै आएका छन्।’

न्याय माग्दा देवरसँग मेरो विवाह गराइदिएको उनको भनाइ छ। ‘तैपनि ममाथिको अत्याचार बन्द हुँदैन। के गरूँ ? कहाँ जाऊँ ? के ठेगान छैन’, उनको दुखेसो छ, ‘माइत जाऊँ भने गरिबीका कारण बुवाआमा आर्थिक संकटमा छन्। ससुरालीमा जब श्रीमान् नै सहारा दिँदैन भने अरूले सहारा दिने कुरा पर जाओस्।’

परिवारै मिलेर देवरबाट बलात्कार गराएको उनको गुनासो छ। ‘प्रायः रातिको समयमा श्रीमान् बेडमा पल्टेको हुन्छ। म पनि श्रीमान्सँगै सुतेकी हुन्छु। देवर निर्धक्क कोठामा छिर्छन् अनि मलाई श्रीमान्को छेउबाटै जबर्जस्ती हातपात गर्दै अर्को कोठामा लैजान्छन्’, १९ वर्षीया पीडितले भनिन्, ‘नजाँदा देवरले बेस्सरी कुटपिट गर्छन्। यसो हुँदासमेत बेडमा पल्टिएका श्रीमान् मौन भई तमासा हेर्न थाल्छन्। श्रीमान्ले मेरो बचाउ गर्नुको सट्टा भाइको पक्षमा समर्थन जनाउँछन्। आवेशमा आएका श्रीमान् बेडबाट उठेर मैमाथि आइलाग्ने गर्छन्।’

कलिलो उमेरमै विवाह बन्धनमा बाँधिन बाध्य उनी पलपल भयानक हिंसामा परेकी हुन्। बिहेलगत्तै आफूमाथि हिंसा हुन थालेको उनको भनाइ छ। ‘यस्तो घिनौना कार्यमा घरपरिवारका सदस्यहरूले मलाई नै मानसिक तनाव दिनुको साथै कुटपिटसमेत गर्दै आएका छन्’, उनले भनिन्, ‘ससुरा, नन्द अनि श्रीमान् नै हिंसामा उत्रिएपछि मलाई सहयोग गर्ने त्यहाँ कोही छैन। उनीहरूले मलाई शारीरिक र मानसिक तनाव दिएर विवश बनाएका छन्।’

भाइको फोटो देखाएर दाइसँग विवाह

किशोरीका बुवा लमीको कुरा सुनेर छोरीको विवाह गर्न राजी भएका थिए। ‘छोरीको विवाह हुँदा आफू पञ्जावमा मजदुरी गरिरहेको थिएँ। पञ्जाव हुँदा घरपरिवारले मोबाइलमा पठाएको केटाको फोटो, घर अनि पसलको फोटोले मलाई पनि आकर्षित गर्‍यो’, उनले भने। त्यसपछि छोरीको विवाह गरिदिन उनले सहमति जनाए। ‘छोरीको विवाह गर्ने उमेर नपुगे पनि सम्पत्तिका लागि विवाह गर्न स्वीकृत दिएँ’, उनले भने।

दुवैतर्फका परिवारका सदस्यको उपस्थितिमा मन्दिरमा विवाह भयो। आर्थिक अवस्था अत्यन्त कमजोर रहेकाले ऋण लिएर १ लाख रकम खर्च गरेको उनले सुनाए। जसोतसो विवाह सम्पन्न भए पनि छोरीले सुखीसम्पन्न भई ससुरालीमा घरजम बसाएको सपना क्षणभरमै अन्त्य भएको उनको भनाइ छ। भने, ‘जब यहाँ छोरीले बारम्बार पीडा सहँदै आएको खबर थाहा पाएँ।’

विवाहअघि लमीले आफूलाई पठाएको फोटो ज्वाइँको नभई भाइको रहेको पछि थाहा पाएको उनले सुनाए। ‘छोरीले सुखी अनि खुसी भई जीवनयापन गरिरहेको खवरले मलाई सन्तोष लागेको थियो। त्यसतर्फ घरपरिवारका सदस्यले खासै ध्यान दिएनौं’, उनले भने, ‘हरेक बुवाआमा चाहन्छन् कि सन्तानको भविष्य सफल होस्। मैले पनि त्यही कुरामा सहमति जनाएर कहीँ कतै चर्चा गरिनँ।’

उनका अनुसार सम्धीले कान्छो छोरासँग विवाह गर्ने टुंगो लगाएका थिए। पछि विवाह त ठूलो छोरासँग गराएछन्। ‘यति हुँदा पनि हामीलाई कुनै आपत्ति थिएन। पछि उनका घरपरिवारले छोरीलाई पनि चरम यातना दिँदै आएपछि असह्य भएर हामी न्यायका लागि प्रहरी प्रशासनसमक्ष आयौं’, उनले भने, ‘हामीलाई न्याय चाहियो।’

घर फर्किएपछि पीडित पहिलेझैं हिंसामा परिन्। घरको इज्जत उडायो भन्दै नन्दले कुटपिट गरेको किशोरीका बुवाले बताए।

छोरीले माघ अन्तिम साता बाबु पञ्जावबाट घर आएको थाहा पाइन्। ‘अनि छोरीले मसँग फोनमा दुखेसोको वृत्तान्त सुनाइन्। अनि म त छाँगाबाट खसेझैं भएँ’, उनले भने, ‘म पैसाको जोहो गरेर छोरीलाई केही दिनका लागि माइती लैजान यहाँ आउँदा मैले कहिले नसोचेको घटनाहरू भइरहेको थाहा पाएँ। अनि मैले छोरीका लागि न्यायको लडाइँ लड्ने निधो गरेँ।’

प्रहरीबाट फर्किएपछि देवरसँग विवाह

पीडितले गत साता इलाका प्रहरी कार्यालय गौशालामा न्यायका लागि उजुरी दिएकी थिइन्। पीडित पक्षका अनुसार त्यसपछि प्रहरीले ससुरासँग कागज बनाएको रहेछ। आइन्दा बुहारीलाई कुटपिट नगर्ने, नागरिकता, विवाहदर्ता बनाइदिने लिखित सर्तसहित ससुराले बुहारीलाई घरतर्फ लगेको प्रहरी स्रोतले जनाएको छ।

घर फर्किएपछि पीडित पहिलेझैं हिंसामा परिन्। घरको इज्जत उडायो भन्दै नन्दले कुटपिट गरेको किशोरीका बुवाले बताए। ‘रातिको समयमा म छोरीको घरमा सुतिरहेको थिएँ। जब बिहानको ४ बज्यो अनि खासखुस रूपमा सुरुवात भएको विवाद उग्र नै बन्यो। त्यसपछि म ब्युँझिएर बुझ्न जाँदा बिना कारण रातिको समयमा घरका सदस्यहरू मिलेर छोरीलाई कुटपिटमा उत्रिएका रहेछन्’, उनले भने, ‘पछि आफूले सम्झाउँदा छोरीका देवर आफूलाई धम्की दिँदै कुटपिटमा उत्रिन खोजेका थिए। हल्ला भएपछि छिमेकीले मलाई र छोरीलाई बचाए।’

त्यसपछि पुनः न्यायका लागि इलाका प्रहरी कार्यालय गौशालामा जाँदा देवरसँग विवाह गर्न भनिएको उनको भनाइ छ। आफूले छोरीको घरजम जसरी नि बस्ने भयो भनेर छोरीसँगको सल्लाहमा उक्त प्रस्ताव स्वीकार गरेको उनले बताए।

समाजका भद्रभलादमी, ससुराली र माइती पक्ष बसी ‘सामाजिक न्याय’ खोज्ने पक्षमा सबैले सहमति जनाए। देवरसँग विवाह गराउने निर्णय गरे। सोही दिन मंगलबार ससुराले जेठी बुहारीको विवाह कान्छा छोरासँग गराइदिए। नन्दलाई त्यो सह्य भएन। विवाह गरी घर गएपछि परिवारै मिलेर निर्घात रूपमा कुटपिट गरेको पीडितले सञ्चारकर्मीलाई बताइन्।

कुटपिटबाट उनका हातखुट्टा, टाउको र अन्य भागमा चोट लागेको छ। उनको स्थानीय स्तरमा उपचार भइरहेको छ। उनले देवरसँग जर्बजस्ती शारीरिक सम्बन्ध कायम राख्नका लागि विवश पारिएको प्रहरीसमक्ष बताएकी छन्।साभार:अन्नपूर्ण पाेष्ट/धनवीर महताे

The post परिवारै मिलेर देवरबाट गराए बलात्कार appeared first on Madhes Khabar.


प्रतिक्रिया

neelambads

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

article,1,business,1,editorial,1,entertainment,1,feature,1,international,1,main news,3,news,1761,
ltr
item
Brahmastra Daily: परिवारै मिलेर देवरबाट गराए बलात्कार
परिवारै मिलेर देवरबाट गराए बलात्कार
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2023/02/IMG_20230216_093804.jpg?resize=926%2C468&ssl=1
Brahmastra Daily
https://www.brahmastradaily.com.np/2023/02/blog-post_90.html
https://www.brahmastradaily.com.np/
https://www.brahmastradaily.com.np/
https://www.brahmastradaily.com.np/2023/02/blog-post_90.html
true
2276515284180400481
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content