मधेसखबर
वीरगन्ज,१८माघ : भुमीहिन, सुकुम्वासी र अव्यवस्थित बसोबास गर्नेहरुको व्यवस्थापनका विषयमा वीरगन्ज महानगरपालिकाका जनप्रतिनिधी र कर्मचारीहरुका लागि एक दिने अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भएको छ ।
राष्ट्रिय भूमी आयोग पर्साले आयोजना गरेको कार्यक्रममा वीरगन्ज महानगरपालिका वडा नम्बर १ देख १६ सम्मका वडाअध्यक्ष र सचिवका साथै महानगरका मेयर , उपमेयर र प्रमुख प्रशासकीय अधिकृतको सहभागीता थियो ।वीरगन्ज महानगरपालिकाकै सभाकक्षमा आयोजित अभिमुखीकरण कार्यक्रममा सहभागी जनप्रतिनिधी र कर्मचारीलाई वडामा रहेका वास्तविक भूमीहिनको पहिचान गरि लागत कसरी संकलन गर्ने , कसलाई कति जग्गा दिने , वडास्तरीय सहजिकरण समिति गठन कसरी गर्ने लगायतका विषयमा जानकारी गराइएको थियो ।
कार्यक्रममा राष्ट्रिय भूमी आयोग पर्साका अध्यक्ष तबरेज अहमदले सहजीकरण गरेका थिए । महानगरका मेयर राजेशमान सिंहको अध्यक्षतामा आयोजित कार्यक्रममा उपमेयर इम्तियाज आलम , प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलका आयोगका सदस्य सुरेन्द्र सिंह र हिरा भट्टराई , विज्ञ सदस्य हिमान्चल गौतमको पनि उपस्थिती थियो ।
बुधबार महानगरका वडा नम्बर १ देखि १६ सम्मका वडाध्यक्ष र वडा सचिवलाई अभिमुखीकरण गरिएको र बिहीबार बाँकी १७ देखि ३२ नम्बर वडाका वडाध्यक्ष र वडा सचिवका लागि अभुमीकरण कार्यक्रम गरिने अध्यक्ष अहमदले जानकारी दिए ।
The post भुमीहिनहरुको व्यवस्थापनका लागि वीरगन्जका जनप्रतिनिधी र कर्मचारीलाई अभिमुखीकरण appeared first on Madhes Khabar.
प्रतिक्रिया