काठमाडौं ,२फागुन :आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत नामिबियाविरूद्ध सानदार जित निकालेको छ।
नामिबियाले दिएको २८६ रनको लक्ष्य नेपालले ८ विकेट गुमाएर ४७.३ ओभरमा पुरा गर्यो। नेपालको जितमा कुशल भुर्तेलले सतकीय पारी खेले। ११२ बल खेलेका उनले ४ छक्का र १० चौकासहित ११५ रन बनाए।
यस्तै कप्तान रोहित पौडलले ७२ रन बनाएर आउट भए।
उनले भुर्तेलसँग कीर्तिमानी साझेदारीसमेत गरे।
रोहित पौडेलले ७६ बलमा ७ चौका र ३ छक्कासहित ७२ रन बनाएर आउट भए। उनले भुर्तेलसँग १३३ रनको सतकीय साझेदारी गरे।
तेस्रो विकेटका लागि रोहित र कुशलले गरेको यो साझेदारी ओडिआईमा नेपाली ब्याटरले गरेको कुनै पनि विकेटका लागि उच्च साझेदारी हो।
यसअघि नेपालबाट ओडिआईमा सर्वाधिक ठूलो साझेदारी २०२२ मार्चमा दीपेन्द्रसिंह ऐरी र देव खनालले पपुवा न्युगिनीविरुद्ध तेस्रो विकेटका लागि नै १ सय २९ रनको साझेदारी साझेदारी गरेका थिए।
दोस्रो ओभरमै ओपनर आसिफ शेखलाई गुमाएको नेपालले ज्ञानेन्द्र मल्ललाई २५ रनमा गुमाएको थियो।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नामिबियाले निर्धारित ५० ओभरमा २ सय ८५ रन बनाउँदै अल आउट भएको थियो।
The post नामिविया विरुद्ध नेपालकाे सानदार जित appeared first on Madhes Khabar.
प्रतिक्रिया