काठमाडौं ,२३माघ : राष्ट्रिय सभाकाे उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल निर्विरोध निर्वाचित भएकि छन् ।
साेमबार बसेकाे राष्ट्रिय सभा बैठकमा अध्यक्ष गणेश तिमिल्सिनाले उपाध्यक्ष पदमा अर्याल निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् ।
यसअघि उपाध्यक्ष रहेकी शशीकला दाहालको चार वर्षे कार्यकाल २०७८ सालमै सकिएको थियो । आइतबार मनोनयन दर्ताको दिन सत्ता साझेदार दलहरुको तर्फबाट अर्यालको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध भएकी हुन् । नेपाली कांग्रेसले उम्मेदवारी नदिने निर्णय गर्दै अर्याललाई निर्विरोध हुन सघाएको थियो ।
हाल पर्साको वीरगन्ज महानगरपालिका–२३ गण्डक चोक स्थायी ठेगाना भएकी अर्याल मधेस प्रदेशबाट २०७८ साल माघमा राष्ट्रिय सभा सदस्य निर्वाचित भएकी थिइन् । उनी २०६९ सालमा नेकपा एमाले छाडेर माओवादी केन्द्र प्रवेश गरेकी थिइन् ।
नेकपा मसाल पृष्ठभूमिकी उनी २०४७ सालसम्म महिला विकास अधिकृत थिइन् । उक्त पदबाट राजीनामा दिएर २०४८ सालमा उनी नेकपा एमालेको राजनीतिमा होमिएकी थिइन् । उनी झलनाथ खनाल नेतृत्वको सरकारमा स्थानीय विकास मन्त्रीसमेत भएकी थिइन् ।साभार:अनलाइनखबर
The post राष्ट्रिय सभाकाे उपाध्यक्षमा पर्साकी उर्मिला अर्याल निर्विराेध निर्वाचित appeared first on Madhes Khabar.
प्रतिक्रिया