वीरगन्ज,२५माघ :वीरगन्ज महानगरपालिकाले विभिन्न पदका कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ ।
महानगरले बुधबार सूचना प्रकाशित गर्दै विभिन्न पदका लागि ४८ जना कर्मचारी भर्ना गर्न लागेको हो ।
सिभिल इन्जिनियर, रोजगार सहायक र कम्प्युटर इन्जिनियर अधिकृत स्तरका कर्मचारी भर्नाका लागि महानगरले दरखास्त आह्वान गरेको हो ।
महानगरले सिभिल इन्जिनियर २ जना माग गरेको छ भने अन्य पदमा १/१ जना माग गरेको सूचनामा उल्लेख छ ।
यस्तै अमीन सहायक चौंथोमा ११ जना माग हुँदा कम्प्युटर अपरेटर सहायक चौंथोमा ३३ जना माग गरिएको छ ।
खुला प्रतिष्पर्धाबाट करारमा दक्ष जनशक्ति पदपूर्ति गर्नु पर्ने भएकाले योग्यता पुगेका इच्छुक नेपाली नागरिकले दरखास्त दिन सकिने सूचनामा उल्लेख छ ।
दरखास्त आउँदो फागुन १० गतेसम्म महानगरको प्रशासन शाखामा बुझाउन सकिने महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलले जानकारी दिए ।
The post वीरगन्ज महानगरमा विभिन्न पदका लागि ४८ जना कर्मचारी माग appeared first on Madhes Khabar.
प्रतिक्रिया