नेपालगञ्ज, ३ फागुन (
बाँकेको नेपालगञ्जबाट करिब रू पाँच लाखभन्दा बढी नेपाली नक्कली नोटसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले नेपालगञ्ज उपमहानगर–२ स्थित न्यूरोडबाट उनीहरूलाई पक्राउ गरेको हो ।
बाँकेका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीका अनुसार पक्राउ पर्नेमा कोहलपुर नगरपालिका–११ का ३३ वर्षीय मोहन कुमाइ, अछामको तुर्माखाँद गाउँँपालिका–३ का ३७ वर्षीय दीपक बिसी र सल्यानको वनगाँड कुपेण्डे नगरपालिका–५ का ३० वर्षीय मोहन राना छन् । उनीहरूको साथबाट प्रहरीले एक हजारका नक्कली नोट पाँच सय ६९ थान बरामद गरेको छ ।
रानाका साथबाट चार सय १८ थान नक्कली नेपाली एक हजारको नोट र कुमाइको साथबाट एक सय ५१ थान नक्कली नेपाली एक हजारको नक्कली नोट बरामद गरिएको छ । नक्कली नेपाली रुपियाँँ बोकेर हिँडिरहेका तीनैजनालाई मङ्गलवार साँझ प्रहरीको विशेष टोलीले पक्राउ गरेको हो ।

प्रतिक्रिया