Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

आजको ब्रह्मास्त्र दैनिक पढ्नुभयो ?

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=blogging$count=7$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

 ब्रह्मास्त्र दैनिक इपेपर पिडिएफमा पढ्नुहोस

सिर्सिया नदि प्रदुषण गर्ने उद्योगहरुलाई अब सिधै कारबाही गर्ने वीरगन्ज महानगरको निर्णय

SHARE: 520

मधेसखबर
वीरगन्ज,३ फागुन : वीरगन्ज शहरकै लाइफ लाइनका रुपमा रहेको सिर्सिया नदिलाई प्रदुषित बनाएका उद्योगहरुलाइ वीरगन्ज महानगरपालिकाले कारबाही गर्ने भएको छ ।महानगरले गठन गरेको सिर्सिया नदी प्रदुषण नियन्त्रण समितिले नदि प्रदुषण गरेका वीरगन्ज पथलैया औद्योगिक करिडोरका उद्योगहरुलाई कारबाही गर्ने निर्णय गरेको हो ।

बुधबार महानगरकै सभाकक्षमा मेयर राजेशमान सिंहको अध्यक्षतामा बसेको समितिको बैठकले पानी प्रशोधन नगरी उद्योगबाट निस्केको फोहोर पानी सोझै नदीमा फाल्दै आएका उद्योगहरुलाई कारबाही गर्ने निर्णय गरेको हो ।समितिले यसअघि पटक पटक अनुगमन गरेको थियो । अनुगमनका क्रममा एक दुई बाहेक अधिकांश उद्योगहरुले अटेरी गर्दै उद्योगबाट निस्केको फोहोर तथा फोहोर पानी सोझै नदीमा फाल्दै आएको भेटिएको थियो । त्यसपछि समितिले उद्योगको फोहोर र रसायनयुक्त पानी सिधै नदिमा नफाल्न सचेत पनि गराएको थियो ।

तर उद्योगहरुले त्यसको अटेरी गर्दै फोहोरजन्य पदार्थ र रसायनयुक्त पानी नदिमै फाल्दै आएपछि महानगरको समितिले अब ती उद्योगहरुलाइ कारबाही नै गर्ने निर्णय गरेको मेयर सिंहले जानकारी दिए ।बुधबारको बैठकले औद्योगिक करिडोरमा रहेका उद्योगहरु आबद्ध वीरगन्ज उद्योग वाणिज्य संघलाई पत्राचार गरेर कारबाहीको निर्णय बारे जानकारी गराउने र जरिबानाको प्रकृया अघि बढाउने निर्णय गरेको सिंहले बताए ।

अनुगमन समितिको प्रतिबेदनका आधारमा वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण गर्न बनेको ऐन अनुसार जरिबाना गर्ने निर्णय भएको मेयर सिंहले जानकारी दिए ।यस्तै बैठकले जरिबाना गर्दा पनि फोहोरजन्य पानी नदीमा मिसाउन नछाडे त्यस्ता उद्योगलाई कालो सूचीमा राख्न प्रदेश र संघ सरकारलाई सिफारिस गरि पठाउने निर्णय पनि गरेको छ ।

बुधबारको बैठकमा सहभागी पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले प्रक्रिया मिचेर विधि एवं कानुन विपरित सञ्चालित उद्योगलाई कारबाही नगर्दासम्म सिर्सिया नदी प्रदुषण मुक्त बन्न नसक्ने बताए ।उद्योगीहरु जिम्मेवार भएर पर्यावरण जोगाउन लाग्नु पर्नेमा त्यसको उल्टो नदी फोहोर बनाउन उद्धत देखिएकाले त्यसलाई नियन्त्रण गर्न अब जरिबाना गर्नुपर्ने अवस्था आएको उनले प्रष्ट पारे ।

बाराको जितपुर सिमरा उपमहानगरपालिकाको रामवन जंगलबाट शुरु भइ बाराकै परवानीपुर गाउँपालिका हुदै पर्साको वीरगन्ज महानगरपालिका क्षेत्र भएर बगेको सिर्सिया नदि भारत बिहारको रक्सौल सम्म पुगेको छ ।त्यसका कारण सिर्सिया नदिलाई प्रदुषणमुक्त बनाउन बारा र पर्साको स्थानीय प्रशासनका साथै तीन वटै पालिकाको संयुक्त सहकार्यमा काम थाल्नु पर्ने बैठकमा सहभागी बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताए ।

बैठकमै सहभागी वीरगन्जका उपमेयर तथा सिर्सिया नदी प्रदुषण नियन्त्रण समितिका संयोजक इम्तियाज आलमले आफ्नै नेतृत्वमा पटकपटक अनुगमन गर्दा पनि द्योगहरुले वेवास्ता गरेकाले अब जरिवाना गरेर कारबाही गर्नुपर्ने अवस्था आएको बताए ।बाराको जितपुर सिमरा उपमहानगरपालिकाका उपमेयर भोला प्रसाद अधिकारी पनि सिर्सिया नदिलाई प्रदुषण मुक्त बनाउन जितपुर सिमरा उपमहानगरले सक्दो प्रयास गरिरहेको बताए ।

बाराका प्रहरी उपरीक्षक होविन्द्र बोगटीले नदिलाई प्रदुषणमुक्त बनाउने अभियान र कारबाहीमा प्रहरीको साथ रहने प्रतिबद्धता जनाए ।

वीरगन्ज उद्योग वाणिज्य संघका प्रमुख प्रशासकिय अधिकृत मनोज उपाध्यायले सिर्सिया नदि नदि मात्रै नभएर सभ्यता एंव संस्कृतिसँग जोडिएको धरोहर भएको हुँदा यसलाई सफा बनाउन सबैले एकबद्ध भएर काम गर्नुपर्ने र गल्ती गर्नेलाई दण्ड गर्दा उद्योग वाणिज्य संघले बचाउ नगर्ने प्रष्ट पारे ।

बैठकमा पर्साका प्रहरी उपरीक्षक कोमल शाह, वीरगन्ज महानगरपालिकाका निमित्त प्रशासकीय अधिकृत अरविन्दलाल कर्ण, परवानीपुर गाउँपालिकाका अध्यक्ष रामक्षत्री कुर्मीको पनि सहभागिता थियो ।

बाराको सीमरा भन्दा पश्चिम पर्ने रामवनस्थित वनबाट बग्न शुरु गरेको र्सिसिया नदी पर्साको वीरगन्ज शहर हुदै भारतको रक्सौल सम्म पुगेको छ । पर्सा–बारा औद्योगिक कोरिडोरका उद्योगबाट उत्सर्जित हुने रसायनयुक्त प्रदुषित पानी र फोहोर पर्दाथ सिधै नदीमैं उत्सर्जन हुदै आएका कारण सिर्सिया नदी विगत ३ दशक यता देखि प्रदुषित बनेको हो ।

छाला,डिस्टीलरी, टेक्सटाइल, घ्यू, साबुन लगायतका उद्योगहरुबाट निस्कने रसायनयुक्त पानी खोलामा बगाइन्छ ।जीवजन्तुका सडेगलेका छाला , रौं , खरानी , लेदो लगायतका विकारहरू प्रशोधन नगरी नदीमा सिधै बगाउने र फालिन्छ । जसले गर्दा सिर्सिया नदि प्रदुषित र दुर्गन्धित बनेको हो ।

सिर्सिया नदि आसपासका स्थानीयले प्रदुषण रोक्न माग गर्दैै घेराउ गरेपछि २०६७ सालमा जिल्ला प्रशासन कार्यालयले सिर्सिया नदी अनुगमन समिति गठन गरेको थियो । समितिले नदिको स्थलगत अनुगमन गरि तयार पारेको प्रतिवेदनमा नदीको प्रदुषणको कारक उद्योगहरु नै रहेको उल्लेख छ ।प्रतिवेदनमा नदी प्रदुषण गर्ने र अविलम्ब कारबाही गर्नुपर्ने ४० भन्दा बढि उद्योगहरुको नामै किटान गरिएको छ । अनुगमन समितिले जिल्ला प्रशासन कार्यालयमा त्यति बेला नै बुझाएको प्रतिवेदन अहिले सम्म पनि कार्यान्वयन हुन सकेको छैन ।

The post सिर्सिया नदि प्रदुषण गर्ने उद्योगहरुलाई अब सिधै कारबाही गर्ने वीरगन्ज महानगरको निर्णय appeared first on Madhes Khabar.


प्रतिक्रिया

neelambads

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

article,1,business,1,editorial,1,entertainment,1,feature,1,international,1,main news,3,news,1761,
ltr
item
Brahmastra Daily: सिर्सिया नदि प्रदुषण गर्ने उद्योगहरुलाई अब सिधै कारबाही गर्ने वीरगन्ज महानगरको निर्णय
सिर्सिया नदि प्रदुषण गर्ने उद्योगहरुलाई अब सिधै कारबाही गर्ने वीरगन्ज महानगरको निर्णय
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2023/02/sirsi.jpg?resize=1024%2C575&ssl=1
Brahmastra Daily
https://www.brahmastradaily.com.np/2023/02/blog-post_29.html
https://www.brahmastradaily.com.np/
https://www.brahmastradaily.com.np/
https://www.brahmastradaily.com.np/2023/02/blog-post_29.html
true
2276515284180400481
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content