मधेसखबर
वीरगन्ज ,१७पुस : रौतहटबाट प्रहरीले ठूलाे परिमाणमा लागू ओैषध गाँजा बरामद गरेको छ।
रौतहटको राजपुर नगरपालिका-१ पिपरा भगवानपुरस्थित पिपरा टोलबाट आइतबार प्रहरीले ९१ केजी गाँजा बरामद गरेको हो।
विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय राैतहटबाट खटिएको प्रहरी टोलीले बोलेरो जीपमा राखेर भारत तर्फ लैजाँदै गरेको गाँजा फेला पारेको हो।
जेएच १० एक्स ४२१२ नम्बरको भारतीय सेतो बोलोरो गाडीमा लुकाएर राखेको १३ पोका अर्थात ९१ किलो गाँजा फेला बरामद गरिएको रौतहटका प्रहरी नायब उपरीक्षक उमाशंकरप्रसाद यादवले बताए।
बेलेराे सहितकाे गाँजा बरामद भएको स्थान नजिकै बिआर ३० यु ०४७४ नम्बरको मोटरसाइकल बेवारिसे अवस्थामा फेला परेको प्रहरी नायब उपरिक्षक यादवले जानकारी दिए।
The post राैतहटमा ९१ केजी गाँजा सहित भारतीय बाेलेराे बरामद appeared first on Madhes Khabar.
प्रतिक्रिया