वीरगंज, ९ माघ ।
वीरगंजको मुटु मानिने घण्टाघर क्ष्Fेत्र अति नै व्यस्त मानिन्छ । उक्त स्थानमा बिहान, दिउँसो र साँझको समयमा निकै जाम लाग्ने गरेको कारण ट्राफिक प्रहरीको सक्रियतामा ट्राफिक व्यवस्थापन गरिएको छ । घण्टाघरदेखि उत्तरपट्टी जहिले पनि ई–रिक्शा र अटोरिक्शाका कारण जाम हुने गरेको देखेपछि प्रहरी नायब निरीक्ष्Fक रामसुन्दर आर्यको टीमले सडक क्लियर र ट्राफिक व्यवस्थापनलाई चुस्त दुरुस्त पारेका छन् ।
यसअघि प्रहरी उपरीक्ष्Fक गणेश रेग्मीको पालामा प्रनानि आर्यको सक्रियतामा घण्टाघर क्षेत्रमा ट्राफिक व्यवस्थापन गरिएको थियो ।
अहिले प्रहरी उपरीक्षक कोमल शाहको पालामा पनि सो क्ष्Fेत्रको ट्राफिक व्यवस्थापन प्रनानि आर्यको सक्रियतामा चुस्त दुरुस्त पारिएको छ ।
पूर्वाधार विकास नहुँदै महानगरपालिकामा स्तरोन्नति भएको र घण्टाघर क्ष्Fेत्र वीरगंज महानगरपालिकाको निकै अस्तव्यस्त हुने गरेकोले ट्राफिक व्यवस्थापन सही बनाउन दिनभरि नै सक्रिय हुनुपरेको उनले बताए । साँघुरो सडकमा विभिन्न किसिमका सवारी साधनहरू एकैपटक प्रवेश गर्दा ५० मिटरको दुरी पार गर्न यसअघि आधाघण्टासम्म कुर्नुपर्ने बाध्यता रहेकोमा अहिले त्यस्तो नहुने प्रनानि आर्यले बताए ।
सवारी चालकहरूले पनि ट्राफिक नियमको वेवास्ता गरेर सवारी हाँकीदिँदा झनै समस्या हुने गरेको प्रनानि आर्यले बताए । त्यसमाथि आवश्यकता भन्दा बढी ई–रिक्साहरू संचालनमा रहेका कारण महानगरको जुनसुकै गल्लीमा ई–रिक्सा तथा गाडीहरूको लाम लाग्ने गरेको उनले बताए । महानगरपालिकामा ६४० वटा ई–रिक्सा दर्ता भएको भएपनि बजारमा १५ सयको हाराहारीमा ई–रिक्सा चलिरहेको छ । त्यसबाहेक मोटरसाइकल, कार, टेम्पो, रिक्सा, ठेला, साइकल लगायतका अन्य सवारीसाधन सडकमा मनलाग्दी गुडिरहेको र छाडा पशु चौपाया पनि सडकमै भेटिने गरेकोले ट्राफिक व्यवस्थापन वीरगंजको लागि चुनौतीपूर्ण बन्ने गरेको छ ।
साँझको समयमा वीरगंज नगरको मुख्य सडकको घण्टाघरदेखि आदर्शनगर चोकसम्म गाडी लामबद्ध हुँदा अहिले प्रनानि आर्यको सक्रियतामा आवागमनमा सहज भएकोछ ।
प्रनानि आर्यलेविगतको भन्दा सुधारउन्मुख छ, पूर्णरूपमा कमजोरी हटाउन समस्या लाग्छ, विस्तारै राम्रो गदैै लगेको बताए ।

प्रतिक्रिया