काठमाडौं ,०३माघ :राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) रास्वपाले भागबन्डामा तीन मन्त्रालय पाएको छ । रास्वपाले शिक्षामन्त्रीमा शिशिर खनाल, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा डोलप्रसाद अर्याल र स्वास्थ्य राज्यमन्त्रीमा डा. तोसिमा कार्कीलाई पठाउने भएको छ ।
सत्तागठबन्धनमा मन्त्रालय भागबन्डा टुंगिएपछि मंगलबार बिहान पार्टी सभापित रवि लामिछानेले सरकारमा पठाउने मन्त्रीको टुंगो गरेका हुन् ।
उपप्रधानसहित गृहमन्त्रीको रुपमा लामिछाने यसअघि नै सरकारमा सामेल भइसकेका छन् । शिक्षामन्त्री बन्न लागेका खनाल काठमाडौं-६ बाट निर्वाचित सांसद हुन् । अर्याल भने समानुपातिक सांसद हुन् । स्वास्थ्य राज्यमन्त्री बन्न लागेकी कार्की ललितपुर–३ बाट निर्वाचित सांसद हुन् ।साभार:कान्तिपुर
The post रास्वपाबाट शिक्षामन्त्रीमा खनाल, श्रममन्त्रीमा अर्याल र स्वास्थ्य राज्यमन्त्रीमा कार्की appeared first on Madhes Khabar.
प्रतिक्रिया